Tuesday, October 10, 2017

प्रकृतिको नियम तोड्न खोज्दा जन्मिए यस्ता अनौठा जनावरहरु (तस्वीरसहित)

नश्ल सुधारका लागि भन्दै जनावरको प्रजननमा अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरुले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्यो ।
दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही अनौठा जीव यस्ता छन्ः
१. Camel + Llama = Cama
२. Dolphin + Whale = Wholphin
३. Buffalo + Cow = Beefalo
४. Wild Boar + Domestic Pig = Iron Age Pig
५. Leopard + Lion = Leopon
६. Male Lion + Female Tiger = Liger
७. Donkey + Female Horse = Mule
८.  Puma + Leopard = Pumpard
९.  Zebra + Equine = Zebroid
१०. Donkey + Zebra = Donkra
११. Brown Bear + Polar Bear = Grolar Bear

झण्डै १ अर्बको लागतमा बन्दैछ लाप्राकमा नमुना वस्ती


२४ असोज, काठमाडौं । १२ वैशाख २०७२ को महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक नजिकै रहेको लाप्राक गाउँले यतिबेला काँचुली फेर्ने तयारी गरिरहेको छ ।
भूकम्पले भग्नाबशेष बनाएको झण्डै ६ सय घर रहेको यहाँको गाउँलाई नजिकैको गुप्सीपाखामा सारेर अहिले धमाधम पुनःनिर्माणको काम भइरहेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो वस्तीमा अहिले ५ सय ७३ वटा घर बनाउँदैछ, जसमध्ये झण्डै तीनसयको जग खनिसकिएको छ भने बाँकी घरको जग खन्ने काम सुरु हुँदै छ ।
आगामी वैशाखसम्म निर्माण सम्पन्न गरी लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिइएको गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले जानकारी दिए ।
आधुनिक एवं भूकम्प प्रतिरोधी यी घरको लागत झण्डै १२ लाख रुपैयाँ परेको संघका अध्यक्ष घलेले जानकारी दिए ।
‘स्थानीय बासिन्दाको श्रमदान, नेपाली सेनाको स्वयंसेवी सहयोगबाहेक पनि एनआरएनएले एउटा घर बनाउन कम्तीमा १२ लाख रुपैयाँ नगद खर्च गर्ने छ’ अध्यक्ष घले भने, ‘घर बनाउन मात्रै हामीले झण्डै ७० करोड खर्च गर्ने छौं ।’

केयर नेपालले करिब २० करोड लागतमा खोनेपानी ल्याउँदै छ । पेटीहरु निर्माण गरिदिने, गाउँको बाटो बनाइदिने, ढलहरु बनाइदिनेजस्ता काम गर्नको लागि लुथरन वर्ल्ड फेडेरनलगायतका संथासँग सम्झौता गरिसकेको उनले जानकारी दिए । सबै लागत जोड्दा यो वस्ती बनाउन झण्डै एक अर्ब रुपैयाँ खर्च हुने घलेले जानकारी दिए ।
गत वर्ष कार्तिकमा लाप्राक नमुना वस्ती निर्माणको अनुमति पाएको गैरआवासीय नेपाली संघले सात-आठ महिनाको अबधिमा झण्डै आधा घरको महत्वपूर्ण काम सकेको छ । यही गतिमा काम भए आगामी बैशाखसम्ममा लाभग्राही नयाँ घरमा सर्न सक्ने अध्यक्ष घलेले बताए ।

एनआरएन अगुवाहरुद्वारा लाप्राक निरिक्षण
यसैबीच गैरआवासीय नेपाली दिवस २०७४ को अबसर पारेर गैरआवासीय नेपाली अगुवाहरुले मंगलबार परियोजनाको अबलोकन तथा निरीक्षण गरेका छन् ।
संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षक इन्द्रा बन, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेल, नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बड लगायतलाई संघका अध्यक्ष शेष घले र आईसीसी सदस्य जमुना गुरुङले घर निर्माण प्रकृया, यसक्रममा आइपरेका कठिनाई र आगामी योजनाहरुबारे बिस्तृत जानकारी गराएका छन् ।
परियोजना निरीक्षणपछि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यस्तो कठिन काम सहजतापूर्वक यहाँसम्म ल्याएकोमा अध्यक्ष शेष घले र जमुना गुरुङलाई धेरै धन्यवाद दिनुपर्ने बताए ।
‘जब पवित्र मनले कुनै पनि काम गरिन्छ, तब त्यहाँ कुनै पनि कठिनाई हुँदैन भन्ने कुरा तपाईहरुले देखाइदिनुभएको छ,’ महतोले भने । शेष र जमुनाले यो काम सुरु गरेको भन्दै उनीहरुले नै यसलाई समापन गर्ने उनको भनाइ थियो ।
संघका अध्यक्ष शेष घलेले आफ्नो कार्यकाल सकिन केही दिनमात्र बाँकी रहेकाले अब आफू पर्यटकका रुपमा यो नमुना वस्तीमा आउने बताए । ‘हामी संस्थामा नभए पनि यो वस्ती बन्छ र हस्तान्तरण हुन्छ,’ स्थानीयबासीलाई आश्वस्त पार्दै घलेले भने ।
एनआरएनए आईसीसी सदस्य जमुना गुरुङले स्थानीयबासी र नेपाली सेनाको सहयोग नभएको भए यो परियोजना निर्माण अगाडि बढाउन कठिनाई हुने भन्दै यसका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिइन् ।
नेपाली सेनाका बलाधिकृत रथी महत, पुनर्निर्माण प्राधिकरणका सीइओ पोखरेल लगायतले लाप्राक साँच्चै नमुना वस्ती बन्न लागेको भन्दै खुसी प्रकट गरे । कार्यक्रममा बिभिन्न देशबाट आएका गैरआवासीय नेपालीहरुको ठूलो संख्यामा उपस्थिति थियो ।