Saturday, October 28, 2017

कुर्सीमा १ सय सयवटा बेलुन बाँधेर आकाशमा सरर (भिडियोसहित)

कुनै व्यक्ति कुर्सीमा बसेर आकाशमा उडेको कहिल्यै देख्नुभएको छ ? हालै दक्षिण अफ्रिकाका एक व्यक्तिले यस्तो अनौठो काम गरेका छन् ।
टम मोर्गन नामका ती व्यक्तिले एउटा कुर्सीमा १ सयवटा हावा भरिएका बेलुन बाँधेर आकाशमा उडेका छन् ।

३८ वर्षका टमले हिलियम ग्यास भरिएका १ सय वटा बेलुन कुर्सीमा बाँधे । तत् पश्चात उनी कुर्सीमा बसे । बेलुनको सहायताले कुर्सीसँगै उनी आकाशमा उडेका हुन् ।
त्यसक्रममा उनी आरामसँग कुर्सीमा बसेर झण्डै १६ माइल परसम्म आकाशकोे यात्रा गरे ।
यद्यपि, यस्तो कार्य उनको यो पहिलो चाहिँ होइन । यसअघि यसैगरी कुर्सीमा बेलुन बाँधेर ३ पटकसम्म उनी बोत्स्वानाको आकाशमा उडिसकेका थिए ।
कुर्सीमा बेलुन बाँधेर आकाशमा उड्ने कुरा जोखिमपूर्ण भएपनि आफूलाई केही न केही नयाँ काम गर्ने चाहना हुने भएकाले त्यस्तो कीर्तिमानी कार्य गरेको उनले बताए ।

त्रिशुलीको नोष्टाल्जिया ! सप्तरीका राजुदेवले सम्झिए २८ वर्षअघिको दुर्घटना

११ कात्तिक, सप्तरी । ०४६ साल कार्तिक महिनामा छठ महापर्वको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने समयमा छठ घाटमा पुगी सूर्यदेवलाई प्रणाम गरेर राजविराजबाट काठमाडौं हिँडेका राजविराज नगरपालिका वार्ड नम्बर ६ हाल वार्ड नम्बर ७ निवासी कामेश्वरलाल देव न त आफ्नो गन्तब्यमा पुगे, न त फर्केर आफ्नो घर राजविराज नै आए ।
उनी विराटनगर-राजविराज-काठमाडौ जाने सुविधा बस समातेर राजविराजबाट काठमाडौं प्रस्थान गरेका थिए । ंदेवसँगै राजविराज ५ निवासी भरत श्रेष्ठ, राजविराज ९ निवासी द्वारिका देव लगायत सो बसमा सवार अन्य स्थानका धेरै यात्रीहरु न त गन्तब्यमा पुगे न त फर्केर आफ्नो घर आए ।

विराटनगरबाट राजविराज हुँदै काठमाडौका लागि छुटेको सो रात्री बस छठ महापर्वको पहिलो दिन अर्थात उदाउँदो सूर्यलाई अर्घ दिनुअघि नै काठमाडौं भन्दा पछाडि धादिङ्गको जोगीमारा भन्ने स्थानमा त्रिशुली नदीमा खस्यो ।
२८ बर्षअघिको घटना सम्झिँदै देव भन्छन् – बसमा सवार ८० जनामध्ये ३६ जनाको शव १० दिनपछि पानीबाट निकालियोे, ११ औं दिन मैले  बुवाको त्यहीँ संस्कार गरें
त्रिशुलीमा बस खस्दा सो बसमा सवार ८० जना मध्ये बसको सबभन्दा पछाडिको सिटमा बसेका एकजना यात्री बसको सिसा फोरेर बाहिन निस्कन सफल भएका थिए भने बसको छतमा यात्रा गरिरहेका सप्तरीकै तीन जना कुखुरा व्यापारी बाँच्न सफल भएको बताउँछन् सो घटनामा मृत्यू भएका कामेश्वरलाल देवका छोरा राजु देव ।
२८ बर्षअघिको घटना सम्झिँदै देव भन्छन् “बसमा सवार ८० जनामध्ये ३६ जनाको शव १० दिनपछि पानीबाट निकालियोे, शव खोज्न  १० दिन लाग्यो अनि ११ औं दिन मैले आफ्नो बुवाको त्यहीँ संस्कार गरें ।”
त्यतिबेला सो दुर्घटनाको खबर सुनेर पूरा सप्तरी शोकमग्न भएको पीडा सुनाउँदै उनले राजविराजबाट काठमाडौं हिँडेका सन्देश रात्री सेवा बस धादिङ्गको गजुरीमा शनिवार विहान त्रिसुलीमा खस्दा २८ बर्षअघिको घटनालाई सम्झिँदै फेरि पनि सप्तरी उहिलेको जस्तै शोकमा डुबेको बताउँछन् ।
दुखद संयोग
२८ बर्षअघि कार्तिक महिना छठ महापर्वको अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमा र शनिवार विहान अर्थात छठ महापर्व सकिएको २४ घण्टा नवित्दै धादिङ्गमा बस त्रिसुलीमा खस्नु, त्यतिबेला सुविधा ट्राभल्स नामको बस र अहिले सन्देश बस अर्थात उहिले र अहिलेको बसको नाम पनि ‘स’ अक्षर बाटै शुरु भएको छ । यो कस्तो ‘कु’ संयोग ? उही जिल्ला, उही नदी र एउटै राशीको बस । विगतको दुर्घटनालाई अहिलेको दुर्घटनासँग जोडेर हेर्छन् देव ।
देवको भनाइमा त्यतिबेला भएको बस दुर्घटनामा मृत्यू भएका कामेश्वरलाल देव राजविराजको पविमाविमा कार्यरत थिए । उनी आफ्नो निजी कामले काठमाडौं गईराखेका थिए भने अहिलेको बस दुर्घटनामा मृत्यू भएकी राजविराज १६ निवासी चन्द्रावती झा पविमावि राजविराजका पूर्व शिक्षक मुनचुन झाकी पत्नी हुन् ।
यसरी तीन दशकअघिको दुर्घटनालाई र अहिलेको दुर्घटनालाई हेर्दा सप्तरी जिल्लाको इतिहासमै सबभन्दा पीडादायी दुर्घटनाको रुपमा यो दुईवटा दुर्घटनालाई लिन सकिन्छ ।
तीन दशकअघि भएको दुर्घटनामा मृत्युवरण गरेकाहरुले मोरंगको पशुपति बसको टिकट लिएका थिए । तर, त्यस दिन उक्त बस आएन र त्यसको सट्टामा विराटनगरबाटै आउने सुविधा बसमा चढे । शनिबार बिहान भएको दुर्घटनामा पनि अरको बसको टिकट लिएकाहरु सन्देश बसमा चढेका बेला दुर्घटना भयो ।

Nepal, Australia to carry out study for direct flight

Nepal and Australia will carry out a study in a bid to launch the direct flight service between two countries.

In a meeting held between Nepali Ambassador to Australia Lucky Sherpa and Australian Minister for Foreign Affairs Julie Bishop in Canberra on Thursday, offices of two countries agreed to carry out the study.
During the meeting, Sherpa had requested Bishop to manage direct flights as there are thousands of Nepalis working and studying in Australia. She had told the Minister that the direct flights would also facilitate movement of tourists and traders.
In response, Bishop had said tourism and transport ministries of both the countries would coordinate to launch the service.
She had also informed that Australia recently launched online visa application system and hoped that many Nepalis benefitted from it.
Sherpa also took the opportunity to inform Bishop about contemporary political situations including preparations for provincial and federal parliamentary elections. She also extended a Nepal visit invitation to the Minister.

‘१४ करोड खर्चेको सडक १४ दिनमै भत्कियो’

११ कात्तिक, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ ।


यसको कारण हो, सरकारको अदूरदर्शी नीति र ठेकेदारको बदमासी । जिविस मकवानपुरको राष्ट्रिय यातायात सुदृढीकरण कार्यक्रममार्फत् यो सडकको स्तरोन्नती गरिएको हो । कुमार एन्ड सन्स् कन्स्ट्रक्सनले यसको जिम्मा लिएको छ ।
कम्पनीले सडक स्तरोन्नती त गर्‍यो तर प्रतिफल ‘शून्य’ देखिएको छ ।
विश्व बैंकको १३ करोड ३८ लाख रुपैयाँ खर्च भएको उक्त सडकको अधिकांश खण्डको ओटासिल उप्किसकेको छ । स्थानीय बासिन्दाको भनाइ मान्ने हो भने ओटासिल गरिएको यो सडकको कालोपत्रे १४ दिन पनि टिकेन ।
अहिले यो सडकआसपासका बासिन्दा धुलोबाट आजित छन् । विशेषगरी सर्लाही, बारा, वीरगञ्ज, हेटौंडालगायत क्षेत्रबाट छुट्ने टाटा सुमो र साना निजी गाडी यही मार्ग भएर गुड्छन् । मध्यम किसिमका सवारीको चाप हुने यो सडकमा पानी पर्नासाथ सवारी साधन गुड्न सक्दैनन् ।
कालोपत्रे उप्किसकेकाले मोटरसाइकल चलाउन पनि जोखिमपूर्ण छ । यात्रु पनि धुलोका कारण पीडित छन् ।
स्थानीय बासिन्दामा कालोपत्रे गरिएपछि धुलो र हिलो कम हुने अपेक्षा थियो । उनीहरुले जिविस र ठेकेदारलाई दोषि देखाउँदै आएका छन् ।
‘ओटासिल नै भए पनि तीन महिना दिन त टिक्नुपर्थ्यो, १५ दिन पनि टिकेन,’ फाखेलका सुरेश लामाले भने, ‘सडकभरि पहिरो आउनेगरी बिनाइन्जिनियरिङ अध्ययन सडक निर्माण गर्दा कान्ला भासियो । अहिले सडकमा पहिरो नै पहिरो छ ।’
उनले भनेजस्तै गरी सडक विस्तार गरिएका कारण धेरै स्थानमा पहिरो खसेको छ । नालाहरु थुनिएका छन् भने खाल्डा नै खाल्डा छन्, सडकमा ।
तर, एकतर्फी रुपमा सवारी चल्ने गरी पहिरो हटाए पनि धेरै स्थानमा जोखिमयुक्त अवस्था छ । भर्खरै तयार भएको सडकमा पनि सवारी चलाउन निकै मुस्किल परेको यही रुटमा सुमो चलाउने वीरगञ्जका मनोज अन्सारी बताउँछन् ।
कतिपय खण्डमा ठेकेदारले काम नसक्दै जिविसले भुक्तानी दिएको आरोप स्थानीय बासिन्दाको छ ।
जिल्ला प्राविधिक कार्यालय मकवानपुरका प्रमुख सोमराज तिमल्सिना ओटासिल उप्किएको स्वीकार्छन् । अब यसमा स्यान्ड-सिलसहितको ‘सेकेन्ड कोट ओटासिल’ गर्न लागिएको उनी बताउँछन् ।
‘अब यसमा अर्को लेयर अेटासिल पनि गर्छौं,’ तिमल्सिनाले भने, ‘यसअघि देखिएका सबै समस्या समाधान हुनेगरी पूरै खण्डमा स्यान्ड-सिलसहितको ओटासिल गर्न लागेका छौं ।’
विश्व बैंकसँग जिविसले यस सडकको समथर भागमा १६ मिलिमिटर र उकालोमा ३२ मिलिमिटर बाक्लो ओटासिल गर्ने सम्झौता गरेको छ ।
तर, पाँच मिलिमिटर पनि ओटासिल नगरिएका कारण सडक पुरानै अवस्थामा फर्किएको स्थानीय बासिन्दा बताउँछन् । गुणस्तरहीन काम हुँदा पनि कसैले ध्यान नदिएको गुनासो गर्छन्, स्थानीय श्यामलाल ठकुरी ।
इन्जिनियर तिमल्सिनाले दोहोरो ओटासिलका लागि लागि विश्व बैंकले सडक परियोजनामा थप ५५ लाख ‘भेरिएसन’ दिएको बताए । उनले अहिलेसम्म कम्पनीलाई १० करोडभन्दा बढीको भुक्तानी दिइसकेको जानकारी दिए ।
‘भएको कामको भुक्तानी गरिसक्यौं । अब बाँकी भेरिएसनसहितको काम सकेपछि मात्रै दिन्छौं,’ इन्जिनियर तिमल्सिनाले भने ।
सरकारले दीर्घकालीन महत्वका सडकमा अस्फाल्ट -बाक्लो र गुणस्तरीय) कालोपत्रे गर्न खासै चासो नदिँदा त्यसको फाइदा भने ठेकेदार कम्पनीले उठाइरहेका छन् । सडकको ओटासिल चाँडै उप्किने तर्क गर्दै कमसल काम गरिरहँदा राज्यका निकाय पनि आँखा चिम्लिएर बसेका छन् ।
सरकारले पनि ओटासिलमा खर्च गर्नुको साटो अस्फाल्ट पिचमा ध्यान दिन सकेको छैन । दातामार्फत् बनेका सडकमा पनि ओटासिलकै प्रयोग गर्ने सरकारी नीति पनि हास्यास्पद छ ।
१५ किलोमिटरको सडक स्तरोन्नतीमा झण्डै १४ करोड खर्चिँदा पनि त्यसले स्थानीयवासीलाई कुनै लाभ दिन सकेको देखिँदैन । त्यसैले फाखेल क्षेत्रका बासिन्दा सरकारले गरेको खर्चलाई ‘बालुवामा पानी’को संज्ञा दिइरहेका छन् ।
२०५७ सालमा स्थानीय बासिन्दा र जिविसको पहलमा यो सडक निर्माण भएको थियो । यसअघि पनि यो सडकमा झण्डै तीन करोड खर्चिएर ओटासिल नै गरिएको थियो ।
२०६८ मा दुई करोड ५३ लाख ३८ हजार रुपैयाँमा ओटासिल गरिएको सडक तुलनात्मक रुपमा अहिलेभन्दा बढी टिकेको स्थानीय बासिन्दा बताउँछन् ।

(Updated) Bus plunges into Trishuli, death toll climbs to 31

Update:
The death toll in the Saturday morning Trishuli river bus plunge has climbed to 30. According to police, 11 men, 12 women and a child have died in the accident in Dhading, near Kathmandu. Most of the deceased are from Saptari in Province 2 in southern Nepal.
***
A bus carrying undisclosed number of passengers plunged into the Trishuli river on Saturday morning, authorities said as they begin search for the missing vehicle.
According to police, the bus fell off the road near Bangemod in Gajuri Gaunpalika. It was heading to Kathmandu from Sapatari’s Rajbiraj.
Police say they do not know how many people were on the bus. Fifteen people have been rescued from the river so far.
Nepal Police and army personnel are at the scene.

बिल गेट्सलाई उछिन्दै बेजोस बने विश्वकै धनी व्यक्ति

विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।
अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।
यद्यपि, गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन । गत जुलाई महिनामा पनि अमेजनको शेयर मूल्यमा भारी बढोत्तरीसँगै बेजोसले बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनी मानिस बनेका थिए । तर उनको त्यो ताज एक दिन पनि टिकेन । र, शेयर मूल्यमा भएको गिरावटसँगै केही घन्टामै उनी दोस्रो स्थानमा झरिहाले । जुलाई महिनामा बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो ।
स्मरण रहोस् ६ महिनाअघि मात्र वारेन बफेटलाई पछि पार्दै बेजोस विश्वका दोश्रो धनी व्यक्ति बनेका थिए । त्यसअघि उनी तेश्रो स्थानमा थिए ।
यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अबृ डलरको बढोत्तरी भएको छ ।
सन् १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा परेका थिए । अमेजन कम्पनी सार्वजनिक कम्पनी बनेको एक वर्षपछि नै उनी अर्बपतिको सूचिमा परे र त्यतिबेला उनको सम्पत्ति १ अर्ब ६० करोड थियो ।
अमेजनले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार यो वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको राजश्व आम्दानी ३४ प्रतिशतले बढेर ४३ अर्ब ७० करोड पुगेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकमा कम्पनीले खूद मुनाफा २५ करोड ६० लाख डलर गर्न सफल भएको छ ।

शोकमा सप्तरीः छोराहरु काठमाडौं पुगेको फोन कुर्दै थिए …

११ कात्तिक, सप्तरी । छोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है Û’ भन्ने फोनको पर्खाइमा थिए ।

तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ र उनीहरुको परिवारसहित ३० जनाको मृत्यु भएको छ ।
राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झासँगै पत्नी सिमी, १० बषर्ीय छोरा अभिनव, ४ बषर्ीय छोरा प्रतिक, भाइ अन्जित, साली पूजा र सालो बिटु बसमा सवार थिए ।
उनीहरु सवार ना ६ ख १४६७ नम्बरको सन्देश बस त्रिशुलीमा खस्दा झासहित सबैको मृत्यु भएको छ ।
‘घरबाट निस्किने बेलामा बुबाआमासहित सबै अग्रजलाई खुट्टामा ढोगेर आर्शिवाद लिएका थिए’ स्थानीय पंकज झाले भने, ‘अहिले झाको घर मात्रै होइन, सिंगो तिलाठीमै रुवाबासी चलेको छ ।’
तिलाठीबासी अहिले झाको घरमा पुगेर सान्त्वना दिइरहेका छन् । तर, परिवारका पाँच सदस्य गुमाएका उनीहरुको मन के थामिन्थ्यो !
संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे ।
पुगेँ भन्ने फोन आउँदै आएन
संजीत, उनका भाइ अन्जित घर आएर फर्किँदा काठमाडौं पुगेपछि फोन गर्थे । उनका ८५ बषर्ीय बृद्व बुवा पण्डित रमानाथ र आमा निर्मलादेवीसहित परिवारका सदस्य शनिबार पनि त्यस्तै फोनको पर्खाइमा थिए ।
तर, शनिबार बिहान ८ बजेसम्म कुनै फोन आएन । संजितका काका पर्ने खजिन्द्र मिश्रले भने, ‘एक्कासी राजविराजको बस त्रिशुलीमा खसेको समाचार सुनियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा बुझ्दा घट्ना सही हो भनियो ।’
दुर्घटनाको खबर सुनेर बृद्व पिता रमानाथको बोली बन्द भएको छ । उनी हातमा लठी टेकेर बिहानदेखि बसेको ठाउँबाट उठ्न सकेका छैनन् । आमा निर्मलाको आँखामा आँशु थामिएको छैन ।
गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, ‘गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।’
अर्काे परिवारमाथि बज्रपात
सप्तरीकै अर्काे परिवारमाथि पनि बज्रपात परेको छ । बोदे बर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीको परिवारमा पनि यो बस दुर्घटनाले कहर ल्याइदिएको छ ।
प्रमाणीका चार छोरी त्यहीम् बसबाट काठमाडौं जाँदै थिए । काभ्रेमा शिक्षण पेशा गर्दै आएका प्रमाणीले पत्नी र छोरीहरुलाई काठमाडौंमै राख्दै आएका थिए । ६ जना छोरीमध्ये चार जना काठमाडौंमै अध्ययन गरिरहेका थिए । छठ पर्व मनाउन सप्तरी आएका उनीहरु काठमाडौं फर्किँदै थिए ।
काठमाडौं फर्किरहेका उनका छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
छोरीहरुलाई बसमा चढाएर आफू र पत्नी मोटरसाइकलमा जाने सोच बनाएका थिए शिक्षक प्रमाणीले । मोटरसाइकलबाट काठमाडौंतर्फ जाने तयारी गरिरहेकै अवस्थामा उनलाई छोरीहरु दुर्घटनामा परेको खबर आएको थियो ।
‘दाइ जाने तरखर गरिरहनुभएको थियो एक्कासी दुर्घटनाको फोन आयो’ चतुरनारायणका भाइ देबनारायणले भने, ‘काठमाडौं गइरहेका चारै जना भतिजीहरुको मृत्युको खबरपछि दाइ, भाउजु र आफू घट्नास्थलतिर गएका छौं ।’
दुर्घटनामा मृत्यु भएका बेल्ही चपेना गाउँपालिका ३ नर्घाेका रमानन्द यादव पनि काठमाडौंमा अध्ययन गर्दै आएका थिए । दुर्घटनामा मृत्यु हुनेमा अधिकांश काठमाडौंमा अध्ययन गर्ने र काम गर्नेहरु छन् । जिल्लाका एक दर्जन व्यक्तिले ज्यान गुमाएपछि सप्तरी शोकमा परेको छ ।

राष्ट्रपतिद्वारा त्रिशुली बस दुर्घटनाप्रति दुःख व्यक्त

११ कात्तिक, धादिङ । राष्ट्रपति विद्या भण्डारीले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।
       भण्डारीले वक्तव्यजारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घाइतेहरुको स्वाथ्य लाभको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।

धादिङ बस दुर्घटनाः सरकारले बनायो छानबिन समिति

११ कात्तिक, काठमाडौं । धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी भएका बस दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
               गृहमन्त्रालयले शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।
समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

त्रिशूली बस दुर्घटनाः मृतकको संख्या ३१ पुग्यो

११ कात्तिक, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृतक अधिकांश सप्तरीका छन् ।
दुर्घटनामा परेर तिलाठीका पण्डित रमानाथ झाको परिवारका पाँच सदस्य र एक आफन्तको मृत्यु भएको छ । उनका छोरा संजीतकुमार झा, बुहारी सिमी, १० बर्षीय नाती अभिनव र छोरा अन्जितको ज्यान गएको छ ।
यस्तै संजीतका सालो बिटुको पनि दुर्घटनामा निधन भएको छ । संजीतका ४ वर्षिय छोरा प्रतिक र साली पूजाकुमारी झा अझै वेपता छन् ।
यस्तै बोदेेेेबर्साइन नपा ३ फुलहारा निवासी शिक्षक चतुरनारायण प्रमाणीका चार छोरीको निधन भएको छ । छठ पर्व मनाएर काठमाडौं फर्किँदै गरेका चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखाको निधन भएको हो ।
बोदे बरसाइनकै दुर्गानन्द यादव परिवारका ४ सदस्य तथा कृष्णाश्रवरणका योगेन्द्र यादवकी श्रीमती र छोरीको पनि दुर्घटनामा ज्यान गएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।
नदीमा डुबेको बसलाई साँझ मात्र क्रेनको सहायताले बाहिर निकालिएको थियो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको थियो ।
घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ । घाइते यात्रु मनोजकुमार ठाकुरले भने, “तीव्र्र गतिका कारण बसेको सिटमा अडिएर बस्न समेत समस्या भएको थियो ।”