Wednesday, October 11, 2017
साम्राज्ञी यूके जान पाइनन्, ‘इन्टु मिन्टु लण्डनमा’ के हुन्छ ?
भदौ १६ गते रिलिज भएको चलचित्र ‘ए मेरो हजुर २’का लागि यसकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एक महिना अगाडि अर्थात भदौको सुरुवातमै सबै मिडियामा इन्टरभ्यू दिइसकेकी थिइन् । उनले, यस्तो हतारो गर्नुको मुख्यकारण थियो यूकेको यात्रा । नायिका शाह चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को लागि यूके जानुपर्ने थियो, यसैले उनले हतारो गरिन् ।
तर, ‘ए मेरो हजुर २’को प्रमोशनका लागि समय दिन नसक्ने भन्दै रिलिजको एक महिना अगाडि नै मिडियामा दौडिएकी साम्राज्ञी अहिलेसम्म नेपालमै छिन् । उनी, चलचित्रको मोफसल टुरमा पनि पुगिन्, चलचित्र रिलिज हुँदा हल-हलमा पनि पुगिन्
यसको पछाडिको कारण थियो, नायिकाले यूकेका लागि एप्लाइ गरेको भिसा नआउनु । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइ र नायक धिरज मगर यूके पुगे पनि साम्राज्ञी भने भिसा नआएका कारण पुग्न सकिनन् । जसकाकारण, छायांकन प्रभावित भएको छ । साम्राज्ञीको पासपोर्ट नेपालस्थित बेलायती राजदुतावासले फिर्ता गरिसकेको वुझिएको छ । नेपालको सम्पूर्ण छायांकन सकेर रेनशा यूकेको छायांकना लागि उडेकी थिइन् । साम्राज्ञीलाइ यूकले भिसा नदिएपछि अब ‘इन्टु मिन्टु लण्डनमा’को सम्पूर्ण सेड्यूल प्रभावित भएको छ ।
यस्तै, कात्तिक ७ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘लिलिबिली’की नव-नायिका रेविता गुरुङलाइ पनि यूकेले भिजा दिन मानेन । यो चलचित्रको सम्पूर्ण छायांकन यूके र स्कटल्याण्डमा हुनेछ । चलचित्रका नायक प्रदिप खड्काको भने भिसा आइसकेको छ । रेविताको भिसा समस्याका कारण चलचित्रको छायांकन प्रभावित हुन्छ या हुँदैन, त्यो केही दिनमै थाहा हुनेछ ।
६१ दिन मृत्युसँग जुधेका थिए अमिताभ, पढौं उनको रोचक किस्सा
आज बिग बी अर्थात अमिताभ बच्चनले आज ७५ औं जन्मदिन मनाउँदैछन् । बलिउडका निम्ति उनी श्रद्धा र आस्थाका धरोहर हुन् । अमिताभको डाइहार्ट फ्यान हामीकहाँ पनि छन् । एउटा पुस्ता त उनको डायलग कण्ठ गरेरै हुर्किएका छन् । यसै सन्दर्भमा विभिन्न स्रोत सामग्रीबाट फेला परेका अमिताभका जीवनका रोचक किस्सा पेश गर्दैछौं ।
छायांकनमा यस्तो भयो
यदि त्यो दुर्घटनामा ‘भाग्यले साथ’ नदिएको भए ? सायदै अमिताभले आज ७५ औं जन्मदिन मनाउने थिए । प्रसंग हो, फिल्म ‘कुली’ छायांकनको ।
बैंगलुरुमा छायांकन भइरहेको थियो । फाइटको दृश्य थियो । धुमधामका साथ छायांकन भइरहेको थियो । रमितेहरु ताली बजाइरहेका थिए । भीकू वर्माले द्वन्द्वकला सिकाइरहेका थिए । फिल्मको एउटा दृश्यमा पुनीत इस्सारको मुक्का अमिताभको मुखमा लागेको थियो । त्यही तोडले अमिताभ टेबलमा पछारिन पुगे ।
हुन त यतिबेला अमिताभको डुब्लिकेट राखेर पनि दृश्य कैद गर्न सकिन्थ्यो । तर, अमिताभ स्वंम त्यसमा भिडिरहेका थिए, ताकि दृश्य अप्राकृतिक नदेखियोस् । उक्त दृश्य योजना अनुसार नै पूर्ण रुपले ‘नेचुरल’ भयो । तर, ठीक यहिबेला अमिताभको पेटमा हल्का दुखाई महसुष भयो ।
असह्य पीडाको क्षण
टेबलको एउटा कुनामा अमिताभको पेट नराम्ररी थेचरिएको थियो । सबैले सोचे, सामान्य चोट होला । किनभने एक थोपा पनि रगत निस्किएन । अमिताभ होटलमा आरम गर्न गए , तर दुखाई थप बढ्यो । दोस्रो दिन दुखाई कम हुनुको साटो औधी दुख्न थाल्यो । उनलाई अस्पतालमा लगियो । एक्स रे भयो । तर, चिकित्सकले केहि भेउ पाउन सकेन् ।
पहिलो शल्यक्रियामा यस्तो देखियो
अमिताभलाई निन्द्राको औषधी दिएर सुताइयो । यो खबर सुनेर उनका सबै परिवार त्यहाँ पुगे । तेस्रो दिन अमिताभको स्थिती निकै खराब भइसकेको थियो । २७ जुलाई १९८२ मा उनको पेटको शल्यक्रिया गर्नुपर्ने भयो । पेट चिरियो । अमिताभको पेटको झिल्ली, जसले पेटभित्रको अंगलाई बचाएर राख्छ र रसायसनबाट बचाउँछ, त्यो च्यातिएको थियो । थोरै आन्द्रामा पनि घाउ भएको थियो ।
चार घण्टा बाँच्न नसक्ने अवस्थामा तीन दिनसम्म जीवित
यस्तो अवस्थामा कुनैपनि व्यक्ति चार घण्टासम्म बाँच्न मुश्किल हुन्छ । तर, अमिताभ तीन दिनसम्म यस अवस्थाबाट गुजि्रए । चिकित्सकले उनको पेट सफाई गरे, आन्द्रा सिलाइयो । त्यसबेला अमिताभ दम, जन्डिजको कारण एउटा मृगौला पनि खराब भइसकेको थियो । उनलाई मधुमेह पनि थियो । यस्तो खराब अवस्थामा अमिताभ कसरी बाँचे ? त्यो स्वंम चिकित्सा विज्ञानको लागि पनि आश्चर्यलाग्दो थियो ।
शरीरभरी बिष फैलियो
शल्यक्रियापछि अमिताभलाई निमोनिया भयो । उनको शरीरमा विष फैलियो । रगत पातलो हुँदै थियो । रगतको मात्रा बढाउन उक्त अस्पतालमा खास व्यवस्था थिएन, मुम्बईबाट मगाइयो । पछि अवस्थामा सुधार नआएपछि अमिताभलाई मुम्बई लगियो । उनको मुम्बईको अस्पतालमा उपचार भयो । तर, अवस्थामा सुधार नआएपछि पुन दोस्रो पटक शल्यक्रिया गरियो । ३ घण्टाको शल्यक्रिया चल्यो । अमिताभको अवस्था एकदमै नाजुक थियो ।
अब भगवानले मात्र बचाउँछ
उनलाई औषधीका साथ भगवानको पनि आवश्यक थियो । तमाम मन्दिर, धार्मिक स्थलमा मानिसले अमिताभको जीवनरक्षाका लागि धूपबत्ती बाले । प्राथना गरे ।
उनलाई त्यसबेला सास लिनसमेत गाह्रो भइरहेको थियो । श्वासप्रश्वासका लागि कृतिम नली लगाइयो । उनलाई रगतको आवश्यक्ता भयो । २ सय बढीले रगत दिए ।
देशभर मठमन्दिरमा प्रशंसकले पूजापाठ गरे
डाक्टर स्वंम हार खाइसकेका थिए । उनीहरु भन्थे, अब कुनै चमत्कारले मात्र बचाउँनेछ । पछि पुन तेस्रो शल्यक्रिया गर्नुपर्यो । लन्डनबाट विज्ञ बोलाइयो । अब उनलाई कुनै चमत्कारले मात्र बचाउन सक्थ्यो ।
अस्पतालको अगाडि लाखौं प्रशंसकको भिड लाग्यो । उनीहरु अमिताभको जीवनरक्षाका लागि प्रार्थना गर्न थाले । भिड सम्हाल्नका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरियो । जय बच्चन स्वंम मन्दिरमा गइन्, प्रार्थनाका लागि । देशभर कति स्थानमा हवन् गरियो ।
अन्ततः सकियो मृत्युको लडाई
पछि क्रमस उनको अवस्थामा सुधार आयो । उनी बिस्तारै खान, पिउन थाले । देश-दुनियाँले गरेको प्रार्थनाले साँच्चै काम गर्यो । उनी क्रमस तङ्गि्रन थाले । यद्यपी पूर्ण रुपले निको हुन लामो समय लाग्यो । उनले अस्पतालमै धेरै समय गुजार्नुपर्यो ।
जब उनी उठ्न सक्ने भए । र, अस्पतालबाट फर्किए । आफ्ना तमाम् प्रशंसकलाई धन्यवाद दिदै उनले भने, ‘जिन्दगी र मृत्युबीच यो भयानक अग्नि परीक्षा थियो । दुई महिनाको अस्पताल प्रवास र मृत्युको लडाई सकिएको छ । अब मैले मृत्युमाथि जीत हासिल गरेको छु ।’

साम्यवादको बाटो ‘ब्लक’ गर्ने क्षमता कांग्रेससँग छः सिटौला
२५ असोज, काठमाडौं । माओवादीका ‘खुट्टा’ नाङ्गो आँखाले देख्न सक्ने कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दसैंको अष्टमीकै दिन छनक पाइसकेका रहेछन् कि प्रचण्डले कांग्रेसलाई ‘धोका’ दिँदैछन् । यो सूचना सिटौलाले तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएका रहेछन् । तर, प्रधानमन्त्री देउवाले एमाले-माओवादी गठबन्धनलाई रोक्न सकेनन् ।
माओवादीलाई ‘जंगल’बाट सिंहदरबारसम्म ल्याउने कार्यमा गिरिजाप्रसाद कोइरालाको सारथीका रुपमा भूमिका खेलेका ‘कृष्णजी’ यतिबेला महाभारतको उत्तरार्धमा पात्रहरुको परिचर्चा गरेजसरी प्रचण्डको चरित्रचित्रण गर्नेतिर लागेका छन् । प्रचण्डको स्वाभाव र मनपेटका बारेमा कांग्रेसका अरु नेताभन्दा शायद सिटौलालाई अलि बढी नै जानकारी छ ।
यही सन्दर्भमा नेपाली कांग्रेसमा ‘थर्ड पोल’ का नेतासमेत रहेका सिटौलासँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले एमाले-माओवादी गठबन्धन, यसले पार्न सक्ने प्रभाव र कांग्रेसको रणनीतिका विषयमा छोटो कुराकानी गरेको छः
सत्ता गठबन्धनमा रहेको माओवादी एकाएक एमालेतिर लागेपछि कांग्रेसका धेरै नेताहरुले आश्चर्य प्रकट गरे । तपाईले कसरी लिनुभएको छ ?
माओवादीको अचानक उफि्रने बानी मेरा लागि नयाँ होइन । प्रचण्डजी ओलीसँग हुनुहुन्थ्यो, एकै रातमा कांग्रेसतिर आउनुभयो । अहिले फेरि ओलीतिर जानुभएको छ, फेरि एकैरातमा अर्कोतिर जान पनि सक्नुहुन्छ । त्यसैले मलाई केही अनौठो लागेको छैन ।
तर, हामीलाई धोका भयो भन्दै कांग्रेसकै नेताहरुले ‘रुवाबासी’ गरेको सुनिन्छ नि ?
कांग्रेस र माओवादीबीच भएको सम्झौताकै आधारमा मूल्यांकन गर्दा त धोका भएकै हो कांग्रेसलाई ।
तर, मेरो मूल्यांकन माओवादी र प्रचण्डको विशेषताका आधारमा हो । म कसैलाई धेरै होच्याएर त भन्न चाहन्नँ तर, प्रचण्डजीको स्वाभाव हेर्दा हिँड्दाहिँड्दै अर्कोतिर फिर्ने बानी पहिल्यैदेखि नै छ । वार्तामा बस्ने साथीहरुले प्रचण्डजीको स्वाभावलाई कत्तिको बुझ्न सक्नुभयो, सक्नुभएन उहाँहरुले नै भन्नुहोला । यो बीचको परिदृश्यमा म पार्टीको तर्फबाट वार्तामा बसेको छैन ।
दलहरु मिल्नु, फुट्नु उनीहरुको आन्तरिक कुरा हो । तर, एमाले र माओवादी मिल्दा लोकतन्त्रमाथि खतरा भयो, अधिनायकवाद आउँछ भनेर त्रासदीको चित्र किन प्रस्तुत गरिएको हो ?
माओवादीहरुले हिजो पनि हाम्रो लक्ष्य समाजवाद हो भन्दै आएकै त थिए नि…
होइन । १२ बुँदे समझदारीको चौथो बुँदा हामीले बहुदलीय लोकतन्त्र, कानुनी राज्यको सिद्धान्त र लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा आधारित व्यवस्थामा जान्छौं भनेका छौं । त्यही १२ बुँदे समझदारी र बृहत शान्ति सम्झौताका आधारमा हामी अघि बढेका छौं र शान्ति प्रक्रिया अझै टुंगिएको छैन ।
उसोभए मानिसहरुले भनेजस्तो माओवादी एमालेमा विलय भएको होइन, राजनीतिक रुपमा एमाले माओवादीको बैचारिक लाइनमा गएको हो त यो एकतामार्फत ?
मलाई के लाग्छ भने एमालेले पनि माक्र्सवाद, लेनिनवाद भन्न छाडेको छैन । माओवादीको माओवादी पार्टीकै नाम छ ।
तर, जसरी उहाँहरुले १० वर्षमा साम्यवादमा जान्छौं भनेर घोषणा गर्नुभयो, त्यसले लोकतन्त्रवादीहरु चकित हुनुपर्ने अवस्था आयो । उहाँहरुले जुन कार्यदिशा तय गर्न लाग्नुभएको छ, त्यो यो लोकतन्त्रवादीहरुका लागि चुनौती हो । यो नेपालको सन्दर्भमा गलत हुन्छ ।
मेरो मूल्यांकनमा नेपाली माटोले माक्र्सवाद, लेनिनवाद र माओवादको एकदलीय शासन पद्दति स्वीकार गर्दैन । उहाँहरु यो बाटोमा हिँड्न खोज्दा गम्भीर दुर्घटना निम्त्याउँछ ।
शान्ति प्रक्रिया अझै टुंगिएको छैन । दुबै आयोगमा संगीन मुद्दाहरु छन् र संसारको आँखा त्यहीँ परेको छ । १७ हजार मानिस मारिएका छन्, हजारौं पीडित छन् र उनीहरुलाई न्याय दिन बाँकी छ । त्यसमा बदलाभावले काम नहोस् भन्ने कांग्रेस चाहन्छ । तर, शान्ति प्रक्रिया नटुंगिदै कम्युनिष्ट शासनतिर जाने एमाले र माओवादीको सहमतिले नेपालको राजनीतिमा दुर्घटना निम्त्याउँछ ।
शान्ति प्रक्रियामा सुरुदेखि जोडिएको व्यक्तिका नाताले मैले भर्खरै प्रचण्डजीलाई भेटेर भनेको छु, तपाईको यो निर्णय गलत छ । हुनत उहाँले पहिलो संविधानसभा निर्वाचनपछि पनि कांग्रेसलाई धोका दिनुभएकै हो । त्यसले तत्कालीन घाटा कांग्रेसलाई भयो । २ वर्षमा आउने संविधान ४ वर्षमा आएन । तर, ठूलो दुष्परिणाम उहाँले व्यहोर्नुभयो ।
आज फेरि उहाँले कांग्रेसलाई धोका दिनुभएको छ । यसको दुष्परिणाम तत्कालीन अवस्थामा कांग्रेसलाई पर्ला तर, अन्ततः ठूलो दुष्परिणाम उहाँको टाउकोमा पर्न सक्छ । ठूला पार्टीहरुको टाउकोमा दुष्परिणाम पर्नु भनेको देश र जनताले दुःख पाउने हो ।
त्यसैले मैले प्रचण्जीलाई भनेँ, यो जनताले दुःख पाउने बाटोमा किन हिँड्नुभयो ? सिंगो शान्ति प्रक्रियाको कार्यदिशा र यसको गन्तव्यलाई नै चुनौती खडा गर्ने बाटोमा हिँडेकोजस्तो लाग्न थाल्यो । जानेर वा नजानेर कता फस्नुभयो हँ ?
तपाईले नै भन्नुहुन्छ, प्रचण्डको अचानक उफ्रिने बानी छ, भोलि चुनावपछि फेरि यता (कांग्रेसतिर) उफ्रिन सक्छन् । उसोभए किन धेरै आत्तिने त ?
भोलि के होला भविश्यले बताउला । तर, हामी आत्तिएको होइन । हामी गम्भीर आत्मविश्वासका साथ भन्न चाहन्छौं, यो चुनौतीको सामना गर्न कांग्रेस तयार छ ।
लोकतन्त्रलाई जोगाउन सक्छ भने कांग्रेसले सक्छ, अन्यथा नेपाल गलत बाटोमा जान्छ भनेर संसारको चिन्ता त कांग्रेसले पाइसकेको छ । त्यसैले यो कांग्रेसलाई चुनौती पनि हो तर, डराउनुपर्ने कुनै कारण छैन ।
तर, हतार-हतार गठबन्धन गर्ने, माओवादी मन्त्रीहरुलाई निकाल्ने तयारी यो सबैले त कांग्रेस हतासमा छ भन्ने देखाउँदैन र ?
माओवादी मन्त्रीहरुलाई निकालिहालौं भन्दा पनि प्रतिपक्षसँग सहमति गरेर सत्तामा बसिरहन सुहाउने विषय होइन । उहाँहरुले प्रतिपक्षीसँग तालमेल गर्नुभयो, सत्तामा पनि इन्जोय गरिराख्न चाहनुहुन्छ । यो नैतिक रुपमा सुहाउँदैन ।
माओवादीले त सम्झौताअनुसार चुनावसम्म सरकारलाई समर्थन गर्छौं भनिसक्यो । अब बर्खास्ती नै बाटो हो ?
हामीले निकाल्ने कुरा त सोचेका पनि छैनौं । तर, उहाँहरु बस्ने किन ? यो दोहोरो चरित्र राम्रो होइन ।
अब माओवादी वा प्रचण्डसँग कांग्रेसको सम्बन्ध कस्तो हुन्छ ? प्रतिशोध कि फेरि पनि सहमति ?
कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति गर्दैन । हामीले राणाासँग त प्रतिशोधको राजनीति गरेनौं । राणा शासन अन्त्य गरेर मोहन समशेरलाई नै प्रधानमन्त्री बनायौं । हामी त गलत बाटोमा हिँडेकाहरुलाई सही बाटोमा ल्याउनुपर्छ भन्ने सोच राख्छौं ।
जस्तो-माले भूमिगत थियो, उहाँहरु पनि एकदलीय सोचमा हुनुहुन्थ्यो । ०४६ को आन्दोलनमा गणेशमानको नेतृत्वमा उहाँहरुलाई हामीले बहुदलीय लोकतान्त्रिक आन्दोलनमा ल्यायौं र बहुदलीय जनवाद भन्दै संसदीय अभ्यासमा आउनुभयो ।
माओवादी पनि बन्दुकबाट सत्ता प्राप्त हुन्छ भन्दै हिंसाको बाटोमा हिँड्यो । उहाँहरुको सशस्त्र युद्धबाट १७ हजार मारिए, सेना, विद्रोही जो भए पनि ती नेपाल आमाकै सन्तान थिए । कांग्रेसका थुप्रै साथीहरु मारिए, धेरैको सम्पत्ति ध्वस्त भयो । तर, हामीले नै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने आँट गर्यौं । म आफैं लडाकूको शिविरमा गएँ । प्रचण्ड-बाबुरामलाई शान्ति प्रक्रियामा ल्यायौं । आखिर यो त यथार्थ हो नि !
त्यसैले अब पनि कांग्रेसले प्रतिशोधको राजनीति गर्दैन । राष्ट्र, जनता र सम्बृद्धिका लागि दृढतापूर्वक उभिन्छ र यसका सामुन्ने आउने चुनौतीको डटेर सामना गर्छ ।
माओवादीलाई एमालेबाट छुटाएर कांग्रेसतिर ल्याउनुहुन्छ ?
एमाले र माओवादी दुबैले गलत बाटो हिँड्न खोजेका छन् भन्ने हामी मान्छौं र दुबैलाई सही बाटोमा आउन उत्प्रेरित गर्नेर्छौं । अहिलेकै विकसित घटनामा कांग्रेसले जुन जनमत उठाउँछ, त्यसको दबावमा लोकतान्त्रिक धारमा फर्काउँछौं ।
तपाईहरु अरुलाई मात्र गलत देखाउन थाल्नुभयो । आफूसँग सहकार्य गरिरहेको दल विपक्षीतिर जाँदा तपाईहरुका पनि त कमजोरी होलान् । झन प्रचण्ड त सशस्त्र विद्रोहबाट आएका नेता हुन् । उनका केही ‘फियर फ्याक्टर’हरु पनि होलान् नि ?
उहाँलाई तर्साउने काम त कसैले गरे जस्तो लाग्दैन । कम्तिमा कांग्रेसका तर्फबाट तर्साउने काम भएको छैन । हामीले सार्वजनिकरुपमै भनेका छौं, शान्ति प्रक्रिया सही ढंगले टुंग्याउने हाम्रो दायित्व हो । त्यसैले आजको दिनमा एमाले र माओवादीका नेताहरुलाई भन्न चाहन्छु, मुलुकलाई द्वन्द्वमा जानबाट जोगाउनुस् ।
एमाले र माओवादी मिल्नासाथ मुलुक द्वन्द्वमा जान्छ र ?
त्यो त देख्दैछु नि । नेताहरुको सानो गल्तीले देश र जनताले पीडा भोग्नुपर्छ । पहिलो संविधानसभामा भएको गल्तीले देशले ‘सफर’ गर्यो । ४ वर्ष त खेरै गयो नि ! चार/चारवटा सरकार फेरिए, झण्डै निर्वाचन पनि गुमेको हो नि त । प्रधानन्यायाधीशलाई कुर्सीमा ल्याएर चुनाव गराउनुपर्ने अवस्था आयो । त्यसैले कि त मिल्दा सबैले एउटा समझदारीमा जान सक्ने परिस्थिति सिर्जना गरेको भए हुन्थ्यो, नभए सबै पार्टीले आ-आफ्नो पार्टीमा हिँड्दा भइहाल्थ्यो ।
तर, एमाले र माओवादीको एकताले समझदारी भत्किएको छ, जनतामा अन्योल सिर्जना भएको छ । मलाई चाहिँ के लाग्छ भने हिँड्दाहिँड्दै युटर्न गर्ने प्रचण्डजीको स्वाभाव छ । युटर्न गर्ने/नगर्ने उहाँको कुरा हो । तर, उहाँ त्यहीँ (एमालेसँगै) रहिरहनुपर्छ भन्ने बाध्यात्मक परिस्थिति छ भन्ने मलाई लाग्दैन ।
उसोभए अझै प्रचण्डको ‘युटर्न’को आश छ ?
अहिले म यति भन्छु, एमाले र माओवादीका नेताहरुले साम्यवादमा पुग्ने घोषणा गर्नुभएको छ, त्यो बाटो हामी ब्लक गर्छौं । यो क्षमता कांग्रेससँग छ ।
माओवादीलाई ‘जंगल’बाट सिंहदरबारसम्म ल्याउने कार्यमा गिरिजाप्रसाद कोइरालाको सारथीका रुपमा भूमिका खेलेका ‘कृष्णजी’ यतिबेला महाभारतको उत्तरार्धमा पात्रहरुको परिचर्चा गरेजसरी प्रचण्डको चरित्रचित्रण गर्नेतिर लागेका छन् । प्रचण्डको स्वाभाव र मनपेटका बारेमा कांग्रेसका अरु नेताभन्दा शायद सिटौलालाई अलि बढी नै जानकारी छ ।
यही सन्दर्भमा नेपाली कांग्रेसमा ‘थर्ड पोल’ का नेतासमेत रहेका सिटौलासँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले एमाले-माओवादी गठबन्धन, यसले पार्न सक्ने प्रभाव र कांग्रेसको रणनीतिका विषयमा छोटो कुराकानी गरेको छः
सत्ता गठबन्धनमा रहेको माओवादी एकाएक एमालेतिर लागेपछि कांग्रेसका धेरै नेताहरुले आश्चर्य प्रकट गरे । तपाईले कसरी लिनुभएको छ ?
माओवादीको अचानक उफि्रने बानी मेरा लागि नयाँ होइन । प्रचण्डजी ओलीसँग हुनुहुन्थ्यो, एकै रातमा कांग्रेसतिर आउनुभयो । अहिले फेरि ओलीतिर जानुभएको छ, फेरि एकैरातमा अर्कोतिर जान पनि सक्नुहुन्छ । त्यसैले मलाई केही अनौठो लागेको छैन ।
तर, हामीलाई धोका भयो भन्दै कांग्रेसकै नेताहरुले ‘रुवाबासी’ गरेको सुनिन्छ नि ?
कांग्रेस र माओवादीबीच भएको सम्झौताकै आधारमा मूल्यांकन गर्दा त धोका भएकै हो कांग्रेसलाई ।
तर, मेरो मूल्यांकन माओवादी र प्रचण्डको विशेषताका आधारमा हो । म कसैलाई धेरै होच्याएर त भन्न चाहन्नँ तर, प्रचण्डजीको स्वाभाव हेर्दा हिँड्दाहिँड्दै अर्कोतिर फिर्ने बानी पहिल्यैदेखि नै छ । वार्तामा बस्ने साथीहरुले प्रचण्डजीको स्वाभावलाई कत्तिको बुझ्न सक्नुभयो, सक्नुभएन उहाँहरुले नै भन्नुहोला । यो बीचको परिदृश्यमा म पार्टीको तर्फबाट वार्तामा बसेको छैन ।
दलहरु मिल्नु, फुट्नु उनीहरुको आन्तरिक कुरा हो । तर, एमाले र माओवादी मिल्दा लोकतन्त्रमाथि खतरा भयो, अधिनायकवाद आउँछ भनेर त्रासदीको चित्र किन प्रस्तुत गरिएको हो ?
मैले प्रचण्जीलाई भनेँ, यो जनताले दुःख पाउने बाटोमा किन हिँड्नुभयो ? सिंगो शान्ति प्रक्रियाको कार्यदिशा र यसको गन्तव्यलाई नै चुनौती खडा गर्ने बाटोमा हिँडेकोजस्तो लाग्न थाल्यो । जानेर वा नजानेर कता फस्नुभयो हँयो सहमतिपछि उहाँहरुले कम्युनिष्ट एकता गर्ने र १० वर्षभित्र कम्युनिज्म ल्याउने उद्घोष गर्नुभएको छ । एकदलीय शासनतिर सोचतिर जान्छौं भन्ने उहाँहरुको सार्वजनिक टिप्पणीका आधारमा हामीले लोकतन्त्रमाथि खतरा भनेका हौं ।
माओवादीहरुले हिजो पनि हाम्रो लक्ष्य समाजवाद हो भन्दै आएकै त थिए नि…
होइन । १२ बुँदे समझदारीको चौथो बुँदा हामीले बहुदलीय लोकतन्त्र, कानुनी राज्यको सिद्धान्त र लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा आधारित व्यवस्थामा जान्छौं भनेका छौं । त्यही १२ बुँदे समझदारी र बृहत शान्ति सम्झौताका आधारमा हामी अघि बढेका छौं र शान्ति प्रक्रिया अझै टुंगिएको छैन ।
उसोभए मानिसहरुले भनेजस्तो माओवादी एमालेमा विलय भएको होइन, राजनीतिक रुपमा एमाले माओवादीको बैचारिक लाइनमा गएको हो त यो एकतामार्फत ?
मलाई के लाग्छ भने एमालेले पनि माक्र्सवाद, लेनिनवाद भन्न छाडेको छैन । माओवादीको माओवादी पार्टीकै नाम छ ।
तर, जसरी उहाँहरुले १० वर्षमा साम्यवादमा जान्छौं भनेर घोषणा गर्नुभयो, त्यसले लोकतन्त्रवादीहरु चकित हुनुपर्ने अवस्था आयो । उहाँहरुले जुन कार्यदिशा तय गर्न लाग्नुभएको छ, त्यो यो लोकतन्त्रवादीहरुका लागि चुनौती हो । यो नेपालको सन्दर्भमा गलत हुन्छ ।
मेरो मूल्यांकनमा नेपाली माटोले माक्र्सवाद, लेनिनवाद र माओवादको एकदलीय शासन पद्दति स्वीकार गर्दैन । उहाँहरु यो बाटोमा हिँड्न खोज्दा गम्भीर दुर्घटना निम्त्याउँछ ।
शान्ति प्रक्रिया अझै टुंगिएको छैन । दुबै आयोगमा संगीन मुद्दाहरु छन् र संसारको आँखा त्यहीँ परेको छ । १७ हजार मानिस मारिएका छन्, हजारौं पीडित छन् र उनीहरुलाई न्याय दिन बाँकी छ । त्यसमा बदलाभावले काम नहोस् भन्ने कांग्रेस चाहन्छ । तर, शान्ति प्रक्रिया नटुंगिदै कम्युनिष्ट शासनतिर जाने एमाले र माओवादीको सहमतिले नेपालको राजनीतिमा दुर्घटना निम्त्याउँछ ।
शान्ति प्रक्रियामा सुरुदेखि जोडिएको व्यक्तिका नाताले मैले भर्खरै प्रचण्डजीलाई भेटेर भनेको छु, तपाईको यो निर्णय गलत छ । हुनत उहाँले पहिलो संविधानसभा निर्वाचनपछि पनि कांग्रेसलाई धोका दिनुभएकै हो । त्यसले तत्कालीन घाटा कांग्रेसलाई भयो । २ वर्षमा आउने संविधान ४ वर्षमा आएन । तर, ठूलो दुष्परिणाम उहाँले व्यहोर्नुभयो ।
आज फेरि उहाँले कांग्रेसलाई धोका दिनुभएको छ । यसको दुष्परिणाम तत्कालीन अवस्थामा कांग्रेसलाई पर्ला तर, अन्ततः ठूलो दुष्परिणाम उहाँको टाउकोमा पर्न सक्छ । ठूला पार्टीहरुको टाउकोमा दुष्परिणाम पर्नु भनेको देश र जनताले दुःख पाउने हो ।
त्यसैले मैले प्रचण्जीलाई भनेँ, यो जनताले दुःख पाउने बाटोमा किन हिँड्नुभयो ? सिंगो शान्ति प्रक्रियाको कार्यदिशा र यसको गन्तव्यलाई नै चुनौती खडा गर्ने बाटोमा हिँडेकोजस्तो लाग्न थाल्यो । जानेर वा नजानेर कता फस्नुभयो हँ ?
तपाईले नै भन्नुहुन्छ, प्रचण्डको अचानक उफ्रिने बानी छ, भोलि चुनावपछि फेरि यता (कांग्रेसतिर) उफ्रिन सक्छन् । उसोभए किन धेरै आत्तिने त ?
भोलि के होला भविश्यले बताउला । तर, हामी आत्तिएको होइन । हामी गम्भीर आत्मविश्वासका साथ भन्न चाहन्छौं, यो चुनौतीको सामना गर्न कांग्रेस तयार छ ।
लोकतन्त्रलाई जोगाउन सक्छ भने कांग्रेसले सक्छ, अन्यथा नेपाल गलत बाटोमा जान्छ भनेर संसारको चिन्ता त कांग्रेसले पाइसकेको छ । त्यसैले यो कांग्रेसलाई चुनौती पनि हो तर, डराउनुपर्ने कुनै कारण छैन ।
तर, हतार-हतार गठबन्धन गर्ने, माओवादी मन्त्रीहरुलाई निकाल्ने तयारी यो सबैले त कांग्रेस हतासमा छ भन्ने देखाउँदैन र ?
माओवादी मन्त्रीहरुलाई निकालिहालौं भन्दा पनि प्रतिपक्षसँग सहमति गरेर सत्तामा बसिरहन सुहाउने विषय होइन । उहाँहरुले प्रतिपक्षीसँग तालमेल गर्नुभयो, सत्तामा पनि इन्जोय गरिराख्न चाहनुहुन्छ । यो नैतिक रुपमा सुहाउँदैन ।
माओवादीले त सम्झौताअनुसार चुनावसम्म सरकारलाई समर्थन गर्छौं भनिसक्यो । अब बर्खास्ती नै बाटो हो ?
हामीले निकाल्ने कुरा त सोचेका पनि छैनौं । तर, उहाँहरु बस्ने किन ? यो दोहोरो चरित्र राम्रो होइन ।
अब माओवादी वा प्रचण्डसँग कांग्रेसको सम्बन्ध कस्तो हुन्छ ? प्रतिशोध कि फेरि पनि सहमति ?
कांग्रेसले कहिल्यै प्रतिशोधको राजनीति गर्दैन । हामीले राणाासँग त प्रतिशोधको राजनीति गरेनौं । राणा शासन अन्त्य गरेर मोहन समशेरलाई नै प्रधानमन्त्री बनायौं । हामी त गलत बाटोमा हिँडेकाहरुलाई सही बाटोमा ल्याउनुपर्छ भन्ने सोच राख्छौं ।
जस्तो-माले भूमिगत थियो, उहाँहरु पनि एकदलीय सोचमा हुनुहुन्थ्यो । ०४६ को आन्दोलनमा गणेशमानको नेतृत्वमा उहाँहरुलाई हामीले बहुदलीय लोकतान्त्रिक आन्दोलनमा ल्यायौं र बहुदलीय जनवाद भन्दै संसदीय अभ्यासमा आउनुभयो ।माओवादी पनि बन्दुकबाट सत्ता प्राप्त हुन्छ भन्दै हिंसाको बाटोमा हिँड्यो । उहाँहरुको सशस्त्र युद्धबाट १७ हजार मारिए, सेना, विद्रोही जो भए पनि ती नेपाल आमाकै सन्तान थिए । कांग्रेसका थुप्रै साथीहरु मारिए, धेरैको सम्पत्ति ध्वस्त भयो । तर, हामीले नै माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने आँट गर्यौं । म आफैं लडाकूको शिविरमा गएँ । प्रचण्ड-बाबुरामलाई शान्ति प्रक्रियामा ल्यायौं । आखिर यो त यथार्थ हो नि !
त्यसैले अब पनि कांग्रेसले प्रतिशोधको राजनीति गर्दैन । राष्ट्र, जनता र सम्बृद्धिका लागि दृढतापूर्वक उभिन्छ र यसका सामुन्ने आउने चुनौतीको डटेर सामना गर्छ ।
माओवादीलाई एमालेबाट छुटाएर कांग्रेसतिर ल्याउनुहुन्छ ?
एमाले र माओवादी दुबैले गलत बाटो हिँड्न खोजेका छन् भन्ने हामी मान्छौं र दुबैलाई सही बाटोमा आउन उत्प्रेरित गर्नेर्छौं । अहिलेकै विकसित घटनामा कांग्रेसले जुन जनमत उठाउँछ, त्यसको दबावमा लोकतान्त्रिक धारमा फर्काउँछौं ।
तपाईहरु अरुलाई मात्र गलत देखाउन थाल्नुभयो । आफूसँग सहकार्य गरिरहेको दल विपक्षीतिर जाँदा तपाईहरुका पनि त कमजोरी होलान् । झन प्रचण्ड त सशस्त्र विद्रोहबाट आएका नेता हुन् । उनका केही ‘फियर फ्याक्टर’हरु पनि होलान् नि ?
उहाँलाई तर्साउने काम त कसैले गरे जस्तो लाग्दैन । कम्तिमा कांग्रेसका तर्फबाट तर्साउने काम भएको छैन । हामीले सार्वजनिकरुपमै भनेका छौं, शान्ति प्रक्रिया सही ढंगले टुंग्याउने हाम्रो दायित्व हो । त्यसैले आजको दिनमा एमाले र माओवादीका नेताहरुलाई भन्न चाहन्छु, मुलुकलाई द्वन्द्वमा जानबाट जोगाउनुस् ।
एमाले र माओवादी मिल्नासाथ मुलुक द्वन्द्वमा जान्छ र ?
त्यो त देख्दैछु नि । नेताहरुको सानो गल्तीले देश र जनताले पीडा भोग्नुपर्छ । पहिलो संविधानसभामा भएको गल्तीले देशले ‘सफर’ गर्यो । ४ वर्ष त खेरै गयो नि ! चार/चारवटा सरकार फेरिए, झण्डै निर्वाचन पनि गुमेको हो नि त । प्रधानन्यायाधीशलाई कुर्सीमा ल्याएर चुनाव गराउनुपर्ने अवस्था आयो । त्यसैले कि त मिल्दा सबैले एउटा समझदारीमा जान सक्ने परिस्थिति सिर्जना गरेको भए हुन्थ्यो, नभए सबै पार्टीले आ-आफ्नो पार्टीमा हिँड्दा भइहाल्थ्यो ।
तर, एमाले र माओवादीको एकताले समझदारी भत्किएको छ, जनतामा अन्योल सिर्जना भएको छ । मलाई चाहिँ के लाग्छ भने हिँड्दाहिँड्दै युटर्न गर्ने प्रचण्डजीको स्वाभाव छ । युटर्न गर्ने/नगर्ने उहाँको कुरा हो । तर, उहाँ त्यहीँ (एमालेसँगै) रहिरहनुपर्छ भन्ने बाध्यात्मक परिस्थिति छ भन्ने मलाई लाग्दैन ।
उसोभए अझै प्रचण्डको ‘युटर्न’को आश छ ?
अहिले म यति भन्छु, एमाले र माओवादीका नेताहरुले साम्यवादमा पुग्ने घोषणा गर्नुभएको छ, त्यो बाटो हामी ब्लक गर्छौं । यो क्षमता कांग्रेससँग छ ।
भैंसी पालेर मासिक ८ लाख कमाउँछन् पोखराका दीपक
२५ असोज, पोखरा । मलाई अमेरिका यही, मलाई जापान पनि यही … भनेजस्तै भएको छ पोखरा नयाँबजारका युवा दीपक तिमिल्सिनालाई । गायक पशुपति शर्माको गीतमा उनी१ सय ७२ वटा भैंसी पालेर बसेका छन् र न अमेरिका जाने चाहना छ, न त जापान वा बेलायत नै
दुई दशकअघि हेटौंडाबाट पोखरा पसेका दीपक अहिले पोखराका सफल युवा उद्यमी मध्येका एक हुन् । नयाँबजारमा ३ तले घर बनाएका छन् भने एग्रो प्रोडक्ट र करीब २ सय भैंसी भएको जानकी एग्रो फार्म सञ्चालन गरेका छन् । एग्रो फार्मबाट मात्रै खर्च कटाएर मासिक ८ लाख कमाउँछन् । यद्यपि लगानीको ब्याज घटाउने हो भने आम्दानीको आधा मात्र खुद मुनाफा हुने उनी बताउँछन् ।
तिमिल्सिनाले सञ्चालन गरेको एग्रो फार्ममा १ सय ७२ वटा भैंसी छन्, जसबाट दैनिक करीब ८ सय लिटर दुध उत्पादन हुन्छ । त्यो दुध बजार पुर्याउँदा १२० रुपैयाँप्रति लिटरमा बिक्री हुन्छ ।
यसरी हेर्ने हो भने उनले मासिक करीब २९ लाख कमाउँछन् । तर, करीब २१ लाख जति भैंसीको दाना र मजदुरलाई तलब दिदा खर्च हुन्छ । तिमिल्सिनाको भैंसी फार्ममा मात्र १७ जना कामदार छन् । माथिल्लो फार्ममा १३ र तल्लो फार्ममा ४ जना कामदार रहेको उनले बताए ।
तिमिल्सिना आफैं पनि भैंसीको स्याहार सुसारदेखि दुध दुहुने काममा खट्छन् । भन्छन्, ‘अरु विदेशमा गएर भाँडा माझ्छन् । म आफ्नै फार्ममा भैंसी दुहुँदा रमाउँछु, मलाई काम सानो ठूलो लाग्दैन ।’
तिमिल्सिनाले पोखराको ४ ठाउँबाट दुध बेच्छन् । उनका अनुसार उत्पादन गर्न मात्र गाह्रो हो, बजारको कुनै अभाव छैन ।
तिमिल्सिनाले भैंसी पालनमा हालसम्म ४ करोड लगानी गरिसकेका छन् । निकट भविष्यमै र्फममा भैंसीको संख्या २ सय ५० पुर्याउने उनको योजना छ । एउटा भैंसीका लागि करीब १ लाखमा लगानी गर्नुपर्छ ।
भारतको विहार, युपी तथा नेपालको बारा, पर्सा, रौतहट, सर्लाही गायतका ठाउँहरुबाट भैंसी ल्याउने गरेको उनले सुनाए । ‘यसरी ल्याएको भैंसी ब्याएपछि ६ महिनादेखि ९ महिनासम्म दुध दिन्छ’ उनले भने ।
दुध दिन छाडेपछि मासुका लागि बेच्नुपर्ने बाध्यता छ । किनकी मुर्रा, गुजराती, पञ्जावी क्रसलगायतका भैंसी एकपटक ब्याएपछि फेरि बथान जाने सम्भावना बिरलै हुने उनको अनुभव छ ।

आइफोनको अत्यधिक प्रयोगप्रति आइफोन डिजाइनर नै असन्तुष्ट
यी तिनै मानिस हुन् जसले डिजाइन गरेको स्मार्टफोनले प्रविधि उद्योगमा क्रान्ति नै ल्याइदियो । आफ्नो सिर्जना दुनियाँमा धेरैभन्दा धेरै फैलियोस् र सबैले धेरैभन्दा धेरै प्रयोग गरुन् भन्ने चाहना सबै सर्जकको हुन्छ । तर आइफोन डिजाइनर सर जोनाथन इभले भने मानिसहरुले आइफोनको आवश्यकताभन्दा बढि प्रयोग गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
एप्पलका मुख्य डिजाइनर इभले आइफोन अत्यन्तै उपयोगी रहे पनि धेरै मानिसहरुले निरन्तर आइफोन प्रयोग गरी यसको दुरुपयोग गरेको बताए ।
सन् २००७ मा आफूले आइफोनको सिर्जना गर्न प्राप्त गरेको प्रेरणाका सन्दर्भमा कुरा गर्दै उनले तत्कालीन बजारमा उपलब्ध फोनहरु प्रतिको घृणाले नै आफूलाई आइफोन डिजाइन गर्न उत्प्रेरणा मिलेको बताए ।
न्युयोर्कर टेक फेस्टका अवसरमा मञ्चमै अन्तर्वार्ता दिने क्रममा इभले आइफोनको अत्यन्तै उत्तम प्रयोगका साथै दुरुपयोग पनि हुने गरेको बताए ।
उनका अनुसार आइफोनको बढ्ता वा निरन्तर प्रयोग गरिरहनु नै यसको दुरुपयोग हो ।
सन् १९९६ देखि आइफोनको डिजाइन टिमको नेतृत्व गरिरहेका इभ सन् २००७ मा सार्वजनिक पहिलो आइफोनको डिजाइनका मुख्य जिम्मेवार व्यक्ति हुन् ।
तर उनको पछिल्लो अन्तर्वाताले भने आइफोनको उत्कृष्ट डिजाइनसँगै यसको अँध्यारो पाटो पनि डिजाइनरले देखिरहेको संकेत गरेको छ ।
यद्यपि, आइफोनप्रति मानिसको आशक्तिका कारण भैरहेको दुरुपयोग रोक्नका लागि आफूले अर्को डिजाइनको कल्पना गरिरहेको पनि उनले खुलासा गरेका छन् ।
प्रविधि उद्योगका सर्जकहरुको आफैंले सिर्जना गरेको प्रविधिप्रति मोहभंग हुन थालेको यो पहिलो घटना चाहिँ होइन । हालैमात्र फेसबुकको चर्चित लाइक फिचरका सर्जक जस्टिन रोजेन्स्टेइनले स्मार्टफोनका एपहरुप्रतिको लत बढेको भन्दै आफ्नो स्मार्टफोनमा सम्पूर्ण एपहरुलाई निषेध गरेको घोषणा गरेका थिए ।
उनका अनुसार अहिलेको पुस्ता प्रविधिप्रति यति आशक्त बनिरहेको छ कि यदि अब पनि कम्पनीहरुले केबल नाफा मात्र हेरिरहने हो भने संसार नै घृणायुक्त बन्नेछ । उनका अनुसार सायद अहिलेको पुस्तानै यस्तो अन्तिम पुस्ता बन्ने खतरा छ जसले आफ्नो बितेको समय सम्झिन सक्दछ ।

छोरीको स्विमिङ पूलको तस्बिरले तनावमा साहरुख
बलिउड नायक साहरुख खान अहिले आफ्नी छोरी सुहाना खानका कारण तनावमा परिरहेका छन् । छोरी जति ठूली हुँदै गइन्, उती नै साहरुखमा तनाव बढिरहेको छ ।
केही समय अगाडि साहरुखकी छोरी सुहानाको विकिनी तस्बिर सामाजिक संजाल र मिडियामा भाइरल नै भयो । साहरुखले केही मिडियामा फोन नै गरेर तस्बिर हटाइदिन आग्रह गरेका थिए ।
केही महिना अगाडि चलचित्र हलमा पुगेकी सुहानालाइ मिडियाले घेरेपछि उनी आतिइन् । सुहाना आतिएको भिडियो सार्वजनिक भएपछि साहरुखले पापाराजीहरुलाइ आफ्नो तस्बिर खिच्न तर छोराछोरीलाइ स्टार नसंझन आग्रह गरे ।
अब, उनै साहरुख फेरि छोरी सुहानाको एक तस्बिरका कारण तनावमा परेका छन् । सुहानाको स्विमिङ पूलको एक तस्बिरले अहिले उनको तनाव बढाएको छ । साहरुख सुहानाको यस्तो तस्बिर भाइरल भएकोमा खुशी छैनन् । उनले यो बिषयमा सुहानासँग कुरा पनि गरिसकेका छन् ।
साहरुख आफ्नी छोरीलाइ निकै प्रेम गर्छन् । यसैले, उनी छोरीको साना-साना कुरामा पनि धेरै तनाव लिने गरेका छन् ।

सिन्धुपाल्चोकका ‘हेभिवेट’ नेता व्यवस्थापन गर्न वाम गठबन्धनलाई सकस
२५ असोज, चौतारा । एक्लै चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको सिन्धुपाल्चोकमा नेकपा एमाले र माओवादी केन्द्रलाई ६०/४० को भागवण्डामा उम्मेदवार छनोट गर्न सकस परेको छ ।
एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचन क्षेत्र निर्धारणमा २०७० को संविधानसभा निर्वाचन र स्थानीय चुनावको मतलाई आधार मान्ने सैद्धान्तिक सहमति भएपनि सिट बाँडफाँट हुन सकेको छैन ।
सिन्धुपाल्चोकमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार गरी ६ वटा निर्वाचन क्षेत्र छ ।
एमाले र माओवादीले पार्टीमा सबै क्षेत्रमका लागि उम्मेदवार पनि सिफारिस गरेका छन्, तर, कुन दलले क्षेत्र कसले पाउने अझै अन्यौल छ ।
एमाले र माओवादीका आआफ्नै तर्क
माओवादीले ६०/४० को अनुपातमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र पाउनु पर्ने अडान लिएको छ । तर, एमालेले संविधानसभा निर्वाचन र स्थानीय चुनावमा आफुहरुले बढी मत पाएकाले प्रदेश र प्रतिनिधिसभामा एकएक क्षेत्र छोड्न सकिने बताएको छ ।
एमाले र माओवादीबीच कुन क्षेत्र कसले पाउने भन्ने समस्या त छँदैछ, दुवै दलका नेताहरुले आफू अनुकुल इच्छा व्यक्त गर्दा प्रतिनिधिसभाको क्षेत्र निर्धारणमा समेत समस्या परेको नेताहरुले बताएका छन् ।
‘हामी निरन्तर छलफलमा छौं तर, कुनै टुंगो भएको छैन, माओवादी नेता सरल सहयात्रीले भने, ‘शुक्रबारसम्म निर्णय हुन सक्छ ।’
प्रतिनिधिसभामा यस्तो छ समस्या
प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र छ । एकल रुपमा एमालेबाट क्षेत्र नम्बर १ बाट अरुण नेपाल र २ बाट शेरबहादुर तामाङको नाम सिफारिस भएको छ भने माओवादीबाट १ मा अग्नि सापकोटा, राजकुमार श्रेष्ठ र सरल सहयात्रीको नाम सिफरिस भएको छ । त्यस्तै २ मा दावा तामाङको मात्रै नाम सिफारिस गरेको थियो ।
एमालेका केही नेताहरुले अग्नि सापकोटालाई क्षेत्र नम्बर २ बाट उठ्न सुझाव दिएका छन् । तर, सापकोटाले मुख खोलेका छैनन् । यदि सापकोटा २ बाट उठ्ने हो भने १ बाट अरुण नेपालको सीट सुरक्षित हुन्छ । तर, उनी १ तिर गए शेरबहादुर तामाङको सिट सुरक्षित हुन्छ ।
नेताको व्यवस्थापन चुनौतिपूर्ण
अरुण एमालेका पोलिटव्यूरो सदस्य हुन् । तर, दुबै संविधानसभा चुनावमा पराजय व्यहोरेका उनको व्यवस्थापन एमालेलाई चुनौतीपूर्ण बनेको छ ।
यदि यो पटक संसदीय क्षेत्रमा स्थापित नगर्ने हो भने पालको राजनीतिक भविश्य नै धरापमा पर्छ । उनी आफैं पनि त्यसलाई स्वीकार गर्छन् ।
शेरबहादुर तामाङ पनि बला वहालवाल सासंद हुन् । उनलाई केही नेताहरुले प्रदेशको मुख्य वा उपमुख्यमन्त्रीको उम्मेदवार हुने गरी प्रदेशसभामा जान सुझाएका छन् । तर, उनले निर्णय गर्न सकेका छैनन् ।
तामाङलाई समानुपातिक वा प्रदेशमा पठाउने तथा क्षेत्र नम्बर २ बाट अग्नि सापकोटालाई उठाएर १ बाट एमालेका अरुण नेपाललाई उठाउन दुवै पार्टीका नेताहरुबीच छलफल भइरहेको स्रोतको दाबी छ ।
उसो त माओवादीका नेता सरल सहयात्रीले भन सापकोटालाई यो पटक सामनुपातिकमा बस्न सुझाव दिएका छन् । ‘उहाँ दुई पटक सासंद हुनुभयो, अब समानुपातिकमा रहेर प्रत्यक्षतर्फ युवालाई मौका दिनुपर्छ भनेको छु, उहाँले केही भन्नु भएको छैन’ सरलले भने ।
प्रदेशमा चरम समस्या
माओवादीले प्रदेश ३ भित्र सिन्धुपाल्चोकलाई ‘क’ वर्गको जिल्लाको रुपमा लिएको छ । दोस्रो संविधानसभामा एक सिट र स्थानीय चुनावमा दुई तह जितेको यो जिल्लालाई प्रतिष्ठाको रुपमा लिएको छ ।
पार्टी हेडक्वाटरले नै सिन्धुपाल्चोकलाई विशिष्ट जिल्लाको रुपमा लिएको दाबी गर्छन्, माओवादी नेता माधव सापकोटा । त्यसैले उसले प्रदेशसभामा २ सिट दाबी गरेको छ । तर, एमाले सहजै तयार देखिएको छैन ।
‘उहाँहरुको क वर्गको जिल्ला होला तर, मत हेर्दा हामी त्यो मान्ने अवस्थामा छैनौं । यहाँ एमाले माओवादी भन्दा धेरै मतले अघि पहिलो स्थानमा छ’ एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले भने ।

बाबुरामलाई गोरखाको दुबै क्षेत्र नछाड्ने माओवादीको अडान
२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखाको दुबै निर्वाचन क्षेत्र नछाड्ने अडान लिएको छ ।
भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ दुबै गोरखा २ बाट चुनाव लड्ने तयारीमा थिए । तर, एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि भट्टराई र श्रेष्ठमध्ये को भन्ने प्रश्न उठेको छ ।
माओवादी नेताहरुका अनुसार श्रेष्ठले योपटक आफू गोरखा २ बाट चुनाव लड्ने अडान लिएका छन् ।
त्यसपछि भट्टराईलाई गोरखा १ बाट उठाउने छलफल भयो । तर, माओवादी गोरखाका नेताहरुले यो क्षेत्र पनि भट्टराईलाई दिन नसक्ने अडान लिएका छन् ।
नयाँ संविधान जारी भएलगत्तै भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गरेका थिए । त्यसयता बढेको दुई स्थानीय तह चुनावमा उत्कृर्षमा पुगेको थियो । दुई दलले पालुङटारसहितका चुनावलाई प्रतिष्ठाको विषय बनाए र दुबै हारे ।
अब भट्टराईलाई कहाँबाट चुनाव लडाउने भन्ने अन्योल भएको नेताहरुले बताएका छन् । भट्टराई नेतृत्वको नयाँ शक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने प्रस्ताव गरेको छ ।

भाइमाथि यौनशोषण गर्ने दाजुलाई रीताले पुर्याइन् जेल
२५ असोज, मोरङ । दाजु (ठूलीआमाको छोरा) सँगै पानी लिन गएको छोरो एक्कासी कुद्दै घर फर्किएको देखेर आमा झस्किइन् । तर, उनले जति सोध्दा पनि छोराले के भयो भनेर भन्नै मानेनन् ।
त्यसको भोलिपल्ट उनकी दिदी रीताले एकान्तमा लगेर फकाएर सोधिन् । बल्ल बालकले सबै कुरा खोले । भाइको कुरा सुन्दा रीता झसङ्ग भइन् ।
दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा भाइले सुनाएपछि रीताको होसहवास उड्यो । यस्तो क्रियाकलाप दाजुले धेरै अगाडिदेखि गर्ने गरेको भाइले उनलाई सुनाए ।
सानै उमेरदेखि बाल क्लबमा आवद्ध भएर बालअधिकारको वकालत गर्दै आएकी रीता आफ्नै घरमा यस्तो घटना आइपर्दा के गर्ने होला भनी अलमलमा परिन् । एकातर्फ पीडित बनेको भाइ, अनि अर्कोतर्फ अपराधी दाइ । रीतालाई संकट पर्यो । उनी रातभर निदाउन सकिनन् ।
अन्ततः उनले केही मिल्ने साथीहरुलाई यो घटनाबारे सुनाइन् । भोलिपल्ट बिहान उनले अपराधी आफ्नै दाजु किन नहोस्, सजायँ पाउनुपर्ने निचोड निकालिन् ।
त्यसपछि उनी मोरंग जिल्ला बाल कल्याण समितिको कार्यालय बिराटनगरमा पुगिन् । त्यहाँ उनले दाजु कृष्ण धिमालद्वारा आˆनो भाइमाथि भएको अप्राकृतिक यौन दुर्व्यवहारको उजुरी साउन २३ गते दर्ता गराइन् ।
उजुरी दर्ताको केही दिनपछि इलाका प्रहरी कार्यालय केराबारीबाट आएको प्रहरी टोलीले कृष्णलाई पक्राउ गर्यो । प्रहरीले अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलबारी पठायो ।
‘वन रक्षक’ले गरे जंगली व्यवहार !
एउटा घटनाको छिनोफानो भइनसकी रीताकै घरमा फेरि अर्को घटना दोहोरियो । सानो नानी हेर्ने बहानामा उनकी ९ बर्षीया भदैनीमाथि त्यसै गाउँका ६८ बर्षीय केशवप्रसाद खतिवडाले यौन दुर्व्यवहारको प्रयास गरे ।
गाउँमा पुरोहितको काम समेत गर्ने एवं वृद्धभत्ता खाने उमेर पुग्न लागेका खतिवडाले पहिलादेखि नै यस्तो हर्कत गर्दै आएको भदैनीले सुनाएपछि तत्काल इलाका प्रहरी कार्यालयमा फोन सम्पर्क गरियो ।
खबर पाएपछि सोही दिन बेलुका खतिवडा पक्राउ परे ।
भाइमाथि भएको दुर्व्यवहारविरुद्ध लडिरहेकी रीतालाई अर्को घटनाले थप तनाव उत्पन्न गरायो ।
उजुरी दर्ता गराई घर फर्कंदा गाउँलेहरुले उनलाई उल्टै हेय दृष्टिकोणले हेर्ने गरेको पाइन् । सुनसरीको धरानसँग जोडिएको दुर्गम गाउँ आँपटारमा बस्ने एउटा निम्नवर्गीय परिवारकी रीतालाई उजुरी दर्तादेखि वयान दिनका लागि बारम्बार सरकारी कार्यालयमा धाउन गाह्रो परिरहेको थियो ।
गाउँलेहरुको फरक व्यवहार पाएपछि उजुरी गरेर गल्ती गरियो भन्ने निस्कर्षर्मा उनका परिवारका सदस्यहरु पुगिसकेका थिए । बाटोमा हिँड्दा गाउँलेहरुले नानाथरी भन्दै जिस्काउने र गाली बेइज्जत गर्ने गर्न थाले ।
त्यसबेला आफूले एक्लो महसुस गरेको र रातमा धेरै पटक रोएको रीता बताउँछिन् । विद्यालय गएर फर्किँदा बाटोमा धेरैले उनलाई ‘वकिल’, ‘नेता’ जस्ता उपनाम दिने काम गर्न थालेकोमा उनी चिन्तित बनिन् । अपराधीलाई कारवाही गराउने उनको प्रयासमा बाधक बनेे उनकै समाज र सामाजिक संघसंस्थाहरु । जसले बारम्बार उनलाई फकाउने र उजुरी फिर्ता लिन दबाब दिइरहे ।
उजुरी फिर्ता गराउन स्थानीय सामुदायिक वनको आयोजनामा गाउँ भेलासमेत बोलाइयो । वन रक्षक रहेका पीडक खतिवडालाई सामुदायिक वनको ठूलो सहयोग प्राप्त भैरहेको थियो । उक्त भेलामा रीता र पीडित भदैनीकी आमालाई मात्रै उपस्थित गराइयो । गाउँका गन्नेमान्ने, शिक्षक, वन समिति सदस्यहरु एकातर्फ लागेर गाउँको घटना लेनदेन गरी मिलाउनुपर्छ भन्दै दबाब दिए ।
तर, वाल क्लबमा काम गरेकी रीता पछि हटिनन् । अपराधीलाई सजाय दिलाएरै छाड्ने अठोटमा कायम रहिन् । त्यसपछि उपस्थित सबैले उनको परिवारलाई बहिष्कार गर्ने तथा गाउँ निकाला गर्ने कुरा गर्न थाले ।
आफ्नै गाउँ समाजबाट यस्तो खालको धम्की आएपछि रीताले न्याय पाउने आश मारिसकेकी थिइन् ।
जिल्ला बाल क्लब सञ्जाल सुनसरीमा दुई वर्ष उपाध्यक्ष रहेकी रीताको चिनजान मोरङका साथीहरुसँग पनि थियो । उनले घटनाको जानकारी मोरङमा बालबालिकाको क्षेत्रमा काम गरिरहेका केही साथीहरुलाई सुनाइन् ।
अस्मिता भट्टराई, प्रमिस राई, नविन राई, भीमराज अधिकारी, सुरेन्द्र घिमिरे लगायतले रीतालाई साथ दिए । यसबाट सिथिल बनिसकेकी रीताको मनोबल बढ्यो । परिवारमा रीता थिइन्, अनि उनको आशा साथीहरु ।
मोरङ बाल अधिकारकर्मीहरुको समूह उनको घरैमा पुगी परिवारलाई सान्त्वना प्रदान गर्यो । जसबाट परिवारलाई ठूलो हौसला मिल्यो । यस संघर्षमा सिविन र जिल्ला बाल कल्याण समितिको समेत साथ रह्यो । मुद्दा अदालतमा फैसलाको समय पर्खिरहेको थियो ।
पहिलो फैसला भाइको मुद्दामा आयो । दोषी कृष्ण धिमाललाई १० बर्षको जेल सजायँ अदालतले सुनायो ।
अग्निपरीक्षाको पहिलो खुटि्कलो पार गरेको र अझै अर्को झनै गाह्रो खुटि्कलो पार गर्न बाँकी रहेको रीता बताउँछिन् ।
भदैनीमाथि भएको दुर्व्यबहारको मुद्दा कमजोर बनाउन पीडक पक्षका केही मानिस सक्रिय रहेको उनी बताउँछिन् । उनका अनुसार बजार जाँदा घरपरिवारका सदस्यलाई र स्कुल जाँदा बालिकालाई फकाउने, धम्की दिने तथा पैसाको प्रलोभन देखाउने गरेर मुद्दा फितलो बनाउने कोसिस गरिरहेका छन् । तर, पनि रीता हतोत्साही बनेकी छैनन् ।
एउटा लामो संघर्षपछि यतिबेला रीता समाजका निम्न तथा मध्यम वर्गीय परिवारका लागि आशाको किरण बन्दै गरेको देख्न सकिन्छ । समाजमा भैरहेका अन्य हिंसाजन्य अपराधहरुका बिषयमा गाउँलेहरु रीतालाई सोध्न थालेका छन् ।
उनी अहिले आँपटार गाउँकी मार्गनिर्देशक बन्न पुगेकी छिन् । आगामी कार्तिक पहिलो हप्ता मुद्दा फैसला हुँदा बालिकाको वयानलाई अदालतले कसरी हेर्छ, रीता सुन्न लालायित छिन् ।

विश्वकप गुमाएसँगै रोबिनले लिए सन्यास
२५ असोज, काठमाडौं । विश्वकप गुमाएसँगै नेदरल्याण्ड्सका कप्तान आर्जेन रोबिनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
युरोपियन छनोटको समूह ए अन्तरगत मंगलबार राति भएको खेलमा रोबिनको दुई
गोलको मदतमा डच टोलीले स्वीडेनमाथि २–० गोल अन्तरको जित निकालेको थियो ।
तर, प्लेअफका लागि यो पर्यास्त भएन । नेदरल्याण्ड्स र स्वीडेनको समान १९ अंक भयो । गोल अन्तरमा स्वीडेन दोस्रो स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो ।
बार्यन म्युनिखका फवार्डले भने, ‘यो सहज निर्णय थिएन । तर, म ३३ वर्गाको भएँ र अब क्लबमा केन्द्रित हुन्छु ।’
रोबिनले २००३ को अप्रिलमा डेब्यू गरेका थिए । त्यसयता ९६ खेल खेलेका उनले ३७ गोल गरेका छन् । नेदरल्याण्ड्सका सर्वाधिक गोलकर्तामा उनी चौथो स्थानमा छन् ।

Subscribe to:
Comments (Atom)
-
२७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ । बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन...
-
मंसिर ५, २०७४-बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७०...