Tuesday, November 21, 2017

‘लाहुरे’ राजनीति

मंसिर ५, २०७४-बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन् ।
‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार भने होइनन् । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठेका छन् । भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनले पार्टीबाट टिकट पाए । त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार छन् । पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र  धेरै विवादमा मुछिएका उनी अहिले पनि चुनावी प्रस्पिर्धामा छन् । गौचन भारतीय सेनाबाट जागिर अवधि पुरा नहुँदै फर्किएका हुन् ।  


https://welcometonepalipage.blogspot.com
म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । अनुशासित, इमानदार, आर्थिकरूपले सबल हुने भएकाले दलहरूले पनि उनीहरुलाई नै उम्मेदवार बनाउने गरेका छन् ।
म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिहरुको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । किन उनीहरु राजनीति आए त ? ‘मैले बेलायतका सुखसुविधा छोडेर जनताको सेवा गर्न आएको छु, आफ्नो सीप र क्षमताको प्रयोग जनतालाई नै प्रयोग गर्छु,’ म्याग्दीमा गाउँघरमा मत माग्दै गर्बुजा यसै भन्ने गर्छन् । 
‘फौजी संगठनमा काम गरेका मान्छे अलिक अनुशासित हुन्छन्, आर्थिक अवस्था पनि अरूको भन्दा सबल हुन्छ,’ स्थानीय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा भन्छन्, ‘लाहुरेहरूको जिल्ला भएकाले उनीहरुको भोट तान्न पनि दलहरुले त्यस्तालाई अघि सार्ने गरेका छन् ।’ उनका अनुसार फौजी पृष्ठभूमिका व्यक्तिहरुको सामाजिक संलग्नता पनि राम्रो छ । त्यसैले उनीहरु छिटै दलहरुको पहुँचमा पुग्छन् । 
‘राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक प्राय: सबै क्षेत्रमा भूपु सैनिकको नेतृत्व छ’, एमाले जिल्ला कमिटीका पूर्वसचिव समेत पूर्वलाहुरे खुमबहादुर बानियाँले भने, ‘गाउँका सामाजिक काममा मात्र होइन कांग्रेस, एमाले, माओवादीसमेतका जिल्लाको राजनीतिक नेतृत्वमा लाहुरेहरुको पकड छ ।’ गाउँठाउँको बाटो, खानेपानी, कुलो र विद्यालयका भवन निर्माणमा आर्थिक योगदानसँगै अनुशासित तवरले अगुवाइ गर्ने भएकाले लाहुरेलाई हेर्ने सामाजिक दृष्टिकोण पनि राम्रो रहेको उनले बताए । 
भारतीय सेनाबाट सेवानिवृत्त कांग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की विदेशमा सिकेको सीपलाई प्रयोग गर्न सकिन्छ भनेर राजनीतिमा आएको बताउँछन् । ‘फौजीहरू देशविदेश बुझेका, अनुशासनमा बस्ने र नचाहिने कुराको लोभ नगर्ने हुने भएकाले समाजमा छिटै घुलमिल हुन्छन्,’ उनले भने, ‘प्रवृत्तिका हिसाबले फौजीले राजनीति जान्दैनन् । तर, हाम्रो समाजले जान्दिन भनेर टाढा बस्न दिँदैन, अगाडि ल्याए यसले केही काम गर्ला भन्ने आस राख्छ ।’   
गत स्थानीय तहको चुनावमा पनि ‘लाहुरे’ पृष्ठभूमिका धेरै उम्मेदवारले जितेका छन् । अन्नपूर्ण गाउँपालिका प्रमुखमा भारतीय सेनाबाट अवकास पाएका डमबहादुर पुनले जिते । त्यही गाउपालिकाको वडा ६ को सदस्यमा देवेन्द्र गर्बुजा र बेनी नगरपालिका–१ मा टेकबहादुर रावलले चुनाव जितेका थिए । बेनीनगरपालिका–८ को सदस्यमा हिमबहादुर भण्डारीले जितेका छन् ।    
पञ्चायतकालमा नरबहादुर पुन, हरिबहादुर पुन, भोगबहादुर पुन र भीमप्रसाद गौचन जस्ता फौजी पृष्ठभूमिका व्यक्तिहरुको म्याग्दीमा दबदबा थियो । नरबहादुर राष्ट्रिय पञ्चायत सदस्य र भोगबहादुर जिल्ला पञ्चायत सभापतिसम्म भए ।  
भीमप्रसाद गौचन भने तत्कालिन पाखापानी गाउँपञ्चायतको प्रधानपञ्च हँुदै २३ वर्षमै जिल्ला पञ्चायत सभापति, राष्ट्रिय सभा सदस्य, राज्यमन्त्री  समेत बने । शिक्षित मतदाताको एउटा जमात गौचनलाई राजनीतिमा निकै विवादित र बदनाम पात्र मान्छन् । पञ्चायतकालमा उनीमाथि गाँजा, मूर्ती तस्करी, हत्या र गुण्डागर्दीको आरोप पनि लाग्ने गरेको थियो । ०४३ साल वैशाखको राष्ट्रिय पञ्चायतमा निर्वाचन आफ्नो पक्षमा पार्न सरकारी उम्मेदवार भएका उनले शक्तिको दुरुपयोग गरी शिखमा दुइजना र सिंगामा एकजनाको हत्या गराएको आरोप छ । उक्त घटना साप्ताहिक विमर्श पत्रिकाले प्रकाशित गरेपछि काठमाडौंमा पत्रकार पदम ठकुराठीलाई गोली प्रहार गरी हत्या प्रयासको अभियोगमा उनले कैद सजाय भुक्तान पनि गरेका हुन् । 
बहुदल आएपछि पञ्चायती पृष्ठभूमिका भीमप्रसाद र उनका भाई जगत गौचनले राप्रपा पार्टीमा बसेर राजनीति थाले । अहिले पनि उनीहरु सक्रिय छन् । 
२०५६ सालको चुनावबाट  ‘फौजी’ पृष्ठभूमिका नारायणसिंह पुनको उदय भयो । पहिले कांग्रेसको क्रियाशील सदस्यसमेत नरहेका नेपाली सेनाका पूर्वक्याप्टेन पुन २०५६ को चुनावमा कांग्रेसको टिकट लिएर म्याग्दी भित्रिए । उनले त्यो चुनाव मात्र जितेनन्, मन्त्रीसमेत भए र माओवादी आन्दोलनको अवतरणका लागि भूमिका समेत खेले । अहिले कांग्रेसको राजनीतिमा जिल्ला सभापति नै भएर चुनावी प्रतिस्पर्धामा गर्बुजा छन् ।
कांग्रेसका मीनबहादुर कार्की, महाधिवेशन प्रतिनिधि डमबहादुर पुन, एमालेका खुमबहादुर बानियाँ, देउबहादुर छन्त्याल, भीमबहादुर रावल, माओवादी केन्द्रका बागवीर पाइजा र खुमबहादुर थापासमेत दर्जन बढी पूर्वलाहुरेहरू  सक्रिय छन् । जिल्ला तथा गाउँका सामाजिक संघसंस्था, उपभोक्ता समितिहरू, सहकारी र कृषक समुहमा पूर्वलाहुरेहरु छन् । 
‘गाउँमा टिकेका लाहुरे मात्र हुन् । युवाहरु त धेरै विदेशतिर छन्,’ ताकम मावि ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भारतीय सेनाबाट सेवानिवृत्त जगतबहादुर थापाले भने, ‘म मात्र ताकमका मुख्य पाँचवटा सामाजिक संस्थाको अध्यक्ष छु । सबै गाउँमा म जस्तै बुढौली उमेरका भूपूहरुले लौरी टेक्दै विकास र राजनीति थेगेका छौं ।’
फौजी अनुशासनमा हुर्केकाले भूपूहरुको काम तुलनात्मक रुपमा पारदर्शी ठानिन्छ । त्यसैले पनि उनीहरुले अवसर पाइरहेको प्राध्यापक शर्मा बताउँछन् । फौजी पृष्ठभूमिका व्यक्तिलाई दलहरुले अघि सार्नुका पछाडि  आर्थिक स्वार्थ पनि जोडिएको  छ । ‘अहिले राजनीति ‘मनि र मसल’ को पकडमा पुगेको छ,’ बार एशोसिएसनका जिल्ला अध्यक्ष डा. भुपेन्द्र खडाले भने । आर्थिक रुपमा केही सबल हुने र चुनावी खर्चको जोहो गर्न सक्ने भएकाले यस्ता व्यक्तिहरु अगाडि आइरहेको उनको भनाई छ । 
आउँदै हराउँदै 
गैरआवासीय नेपालीको संस्था एनआरएन जस्तै ठूलो संस्था ‘मोना’ गठन गरेर जिल्लाको शैक्षिक र सामाजिक क्षेत्रमा योगदान गरिरहेका म्याग्देलीको ठूलो जनसंख्या वैदेशिक रोजगारीमा छ । जिल्लावासीका अनुसार २०/२२ हजारको संख्यामा म्याग्देली प्रवासमा छन् । प्रवासमा रहनेमा पनि विदेशी फौजीका जागिरेको संख्या उल्लेख्य छ । बेला बेला गाउँघर फिर्दा उनीहरू सामाजिक संघसंस्था हुँदै राजनीतिमा पनि होमिन्छन् । जित्नेहरूको नाम केही समय जिल्लामा चल्छ । चुनावमा पराजित भए तुरुन्तै वा जितेर गएपनि पदमुक्त भएपछि उनीहरू जिल्लाबाट पलायन हुने गरेका छन् ।
भारतीय सेनामा भर्ती भए पनि घर फर्किएका भीमप्रसाद गौचन २०१७ मा पाखापानी गाउँपञ्चायतको प्रधानपञ्च निर्वाचित भएपछि म्याग्दीको राजनीतिमा लाहुरेको प्रवेश सुरू भएको हो । तर उनीबाहेक अरु लाहुरे अल्पकाल मात्रै राजनीतिको क्षेत्रमा देखिएका छन् । उनी आफैं पनि लामो समयपछि पुन: सक्रिय भएका हुन् । २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य जितेका नरबबहादुर पुन हङकङका लाहुरे थिए । उनी अहिले बेलायत बस्छन् । २०५१ मा एमालेबाट जितेका नीलबहादुर तिलिजा पदमुक्त भएयता अमेरिका पलायन भएका छन् । ०५६ मा भारी मतले विजयी कांग्रेसका नारायणसिं पुन नेपाली सेनाका पूर्व कर्णेल थिए । उनी जिल्लाको साबिक शिख गाविसका थिए । शान्ति प्रक्रियामा पनि भुमिका खेलेका उनले पनि आफ्नै दल खोलेका थिए । २०६२/६३ को जनआन्दोलनपछि भने उनी राजनीति छाडेर हेकिलप्टर उडाउने आफ्नो व्यवसायमा थिए । उनको मृर्गौलाको उपचार हुँदाहुँदै २०६४ फागुनमा निधन भएको थियो । उनीपछि भने जिल्लाबाट उनी जति राजनीतिक उचाइमा पुग्ने ‘फौजी’ निस्किएका छैनन् । 
‘जिल्लाको राजनीतिमा लाहुरेहरू आए, आएका छन् तर, उहाँहरूको सक्रियता विभिन्न कारणले दिगो हुन सकेन,’ बार एशोसिएसनका जिल्ला अध्यक्ष खडा भन्छन्, ‘राजनीतिमा निरन्तरता ठूलो कुरा हो । तर, सोझा मान्छेहरू यो विभिन्न दाउपेच लाउनुपर्ने क्षेत्रमा धेरै समय रस लाग्दैन ।’ केही समय सक्रिय रहेर राजनीतिबाट पलायन हुनुको कारण आर्थिक हैसियतसँग पनि जोडिएर आउने उनले बताए । 
प्राध्यापक तारानाथ शर्मा जिल्लाको राजनीतिमा लाहुरेको उपस्थिति केलाउँदा उनीहरू स्वेच्छा नभइ दलीय स्वार्थका लागि प्रयोग भइआएको मान्नुपर्ने बताउँछन् । ‘लाहुरे आर्थिक हिसाबले सबल हुन्छन्, दिन र काम गर्न अघि सर्छन्,’ उनले भने, ‘त्यसैले उनीहरूको स्वेच्छाभन्दा बढि दलहरूले प्रयोग नै गरेका छन् । स्वेच्छाले आउनेहरू लामो समय टिक्छन्, टिकेको नदेखिनु अरुले उचालेर राजनीतिमा ल्याइएको अवस्था नै हो भन्नुपर्छ ।’ गाउँघरका विकासे योजना र सामाजिक कामको अगुवाइ गरेभन्दा राजनीति फरक क्षेत्र भएकाले इमानदार लाहुरे टिक्न गाह्रो हुने उनले बताए ।   
यस्तो छ अहिलेको प्रतिस्पर्धा
म्याग्दीमा एउटा मात्र चुनाव क्षेत्र छ । यहाँ लोकतान्त्रिक र बाम दुवै गठबन्धनका उम्मेदवार छन् । बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका भूपेन्द्र थापासँग लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका खमबीर गर्बुजा प्रतिष्पर्धी छन् ।  गर्बुजा २०७० मा एमालेका नवराज शर्मासँग पराजित भएका थिए । त्यसयता परिवारका सदस्य बेलायत बसेपनि उनले भने गाउँ र पार्टी छाडेका छैनन् । 
प्रदेशसभा ‘क’ मा माओवादीका विनोद केसीसँग लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका भीमप्रसाद गौचन प्रतिस्पर्धी छन् ।  प्रदेशसभामा ‘ख’ मा कांग्रेसका यमलाल फगामी र एमालेकी नरदेवी पुन प्रतिस्पर्धी छन् । राजनीतिक र अर्थशास्त्रमा स्नातकोत्तर पुन एमालेबाट समानुपातिकतर्फकी पूर्वसांसद हुन् । 
स्थानीय तहको चुनावमा बेनी नगरपालिका र पाँच गाउपालिकामा गरि कांग्रेस ४ प्रमुख र २ उपप्रमुख विजयी भएको हो । त्यसैगरि एमालेका उम्मेदवारले २ प्रमुख र ३ उपप्रमुख जिते । सबै ६ स्थानिय तह निर्वाचनका ४५ वडामध्ये कांग्रेसले १५, एमालेले २३ वडा, माओवादी केन्द्रबाट ५ वटा वडा र २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् भने राप्रपाले एक उपप्रमुख जितेको हो । माओवादी केन्द्रका केही कार्यकर्ता स्थानीय तहमा स्वतन्त्र पनि उठेका थिए । दुइजना स्वतन्त्रले बाम गठवन्धनलाई समर्थन गरेका छन । स्थानीय तह निर्वाचनमा म्याग्दीमा मतदाता संख्या ७१ हजार ४ सय ६३ थियो, यसपटकको निर्वाचनमा ४ हजार १ सय ७७ मतदाता थपिएका छन् । 



https://welcometonepalipage.blogspot.com
https://welcometonepalipage.blogspot.com

चुनावी सभामा गीत गाउन पुगेका जनगायक खुसीराम पाख्रिनको निधन

मंसिर ५, २०७४-पूर्वसभासद् एवं जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ ।

https://welcometonepalipage.blogspot.com
जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धन आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि पाख्रिनलाई नारायण सामुदायिक अस्पताल लगिएको थियो ।  
सभामा जनगायक पाख्रिनले गीत गाएका थिए । माओ‌वादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा पाख्रिनले गाएका ‘भोका नाङ्गा नानीहरु' गीत निकै चर्चित बनेको थियो । उनी २०३८ सालदेखि जनतालाई चेतना जगाउने गीत लेख्दै गाँउदै र तीनमा संगीत भर्दै हिँडेका थिए । जनताको मूक्तिको सपना देखेर युद्धमा होमिएका खुशीरामले आफ्ना छोरा अमरलाई युद्धकालमै गुमाएका थिए । 
चुनावीसभा सुरु हुनुअघि माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रकाश दाहालको आइतबार बिहान आकस्मिक हृदयघातका कारण निधन भएको थियो ।  



https://welcometonepalipage.blogspot.com
Plese coment & suscribe

चुनावको पाँच दिनअघि गृहले गर्‍यो सीडीओ सरुवा

मंसिर ५, २०७४-पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृह स्रोतका अनुसार चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको हो । गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । निर्वाचन सुरक्षाको कारण देखाएर सरुवा गरिएका कतिपय सीडीओ चार महिना पनि नहुँदै परिवर्तन भएका छन् । गृहले छिटोछिटो सीडीओ परिवर्तन गर्ने पुरानै शैलीलाई निरन्तरता दिएको छ ।
           भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका छन् । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल पनि सरुवामा परेकी छन् । गृह प्रवक्ता नारायण शर्माले निर्वाचन सुरक्षा व्यवस्था र अन्य व्यवस्थापकीय कारणले चार जिल्लाका सीडीओ परिवर्तन गर्नुपरेको जनाए । उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ । 

https://welcometonepalipage.blogspot.com

जनतालाई न्याय सहज र छरितो बनाइन्छ : प्रधानन्यायाधीश पराजुली

मंसिर ५, २०७४-पूर्वी नवलपरासीको कावासोतीमा पहिलो पटक जिल्ला अदालत स्थापना भएको छ । कावासोतीमा स्थापना भएको नवलपुर जिल्ला अदालतको प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलवार उद्घाटन गरे ।

उद्घाटनपछि बोल्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले अबको न्याय प्रकृया सर्वसाधरणकालागि सहज र छरितो बनाउन आफनो ध्यान केन्द्रित भएको बताए । उनले अदालत सरकारी कार्यालय र न्याय दिने निकाय मात्र नभएर सर्वसाधारणको जीवन पद्धिति पनि भएको बताए । राज्यको स्थापना न्यायकालागि भएको चर्चा गर्दै पहुचवाला र हुनेखाने वर्गले मात्र होइन  सर्वसाधारणले पनि न्यायलयमा सजिलो पहुँच बनाउनु अदालतको दायित्व भएको बताए । न्यायलय सर्बसाधरणका पहुचमा हुनुपर्नेमा जोड दिए ।
नवलपुर अदालत भनेको न्याय नपाए नवलपुर जानु भन्न मिल्ने र सबै स्थानमा उदाहरण दिन मिल्ने हुन आबस्यक रहेको बताए । उनले संबिधान अनुसार जिल्ला बिभाजनमा परेको पूर्वी नवलपरासीको कावासोतीमा स्थापित न्यायलय प्राबिधिक रुपमा दक्ष न्यायाधीश रहने हिसावले र छिटो छरितो न्यायदिने हिसाबले देशमै उदाहरणीय बनाउने बाचा गरे । सबै हिसाबले यो उदाहरणीय बन्ने र अदालतको नमुना बनाउन आफुले कुनै कसुर नराख्ने प्रतिबद्धाता ब्यक्त गरे । आफनै गृहनगर कावासोतीमा स्थापित अदालत उद्घाटन गर्ने सौभाग्य प्रधानन्यायाधीस पराजुलीले पाएका हुन् । उनी कावासोतीका स्थायी बासिन्दा हुन् ।
यहाँ अदालत स्थापना गरिएपछि ८० किलोमिटर टाढाको सदरमुकाम परासीमा जानपर्ने बाध्यता हटेको छ । संबिधानअनुसार नवलपरासी दुई जिल्लामा बिभाजित भएपछि पूर्वी नवलपरासी (हाल नवलपुर जिल्ला) को अदालत कावासोतीमा स्थापना गरिएको हो । यहाँ घर भाडामा लिएर अदालतको काम शुरु भएको छ ।
आउँदो २ वर्षभित्र आफ्नै जग्गामा अत्याधुनिक अदालत निर्माण गरेर ब्यबस्थित बनाइने प्रधानन्यायाधीश पराजुलीले प्रतिबद्धता ब्यक्त गरे । अदालत स्थापनामा स्थानीयले सहयोग गरेका थिए ।

बोलोग्नाले हरायो भेरोनालाई





मंसिर ५, २०७४-इटालीको सिरी ए मा सोमबार राति बोगोग्नाले हेलास भेरोनालाई ३–२ ले हराएको छ । दोस्रो हाफमा बोलोग्नाका लागि ग्रड फ्रेड डोनासले निर्णायक विजयी गोल गरे । जितपछि बोलोग्ना १७ अंकमा दोस्रो स्थानमा छ । खराव खेलिरहेको भेरोना भने पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेसनको डरबाट गुज्रिरहेको छ । उसको छ अंक मात्र रहेको छ । 
https://welcometonepalipage.blogspot.com/