मंसिर ५, २०७४-पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृह स्रोतका अनुसार चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको हो । गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सीडीओ परिवर्तन गरेको हो । निर्वाचन सुरक्षाको कारण देखाएर सरुवा गरिएका कतिपय सीडीओ चार महिना पनि नहुँदै परिवर्तन भएका छन् । गृहले छिटोछिटो सीडीओ परिवर्तन गर्ने पुरानै शैलीलाई निरन्तरता दिएको छ ।
भदौ १४ गते भोजपुरको सीडीओ भएर गएका चेतराज बराल साढे तीन महिना पनि नपुग्दै सरुवामा परेका छन् । त्यस्तै गत साउन ३२ गते रसुवाको सीडीओ भएर गएकी हीरादेवी पौडेल पनि सरुवामा परेकी छन् । गृह प्रवक्ता नारायण शर्माले निर्वाचन सुरक्षा व्यवस्था र अन्य व्यवस्थापकीय कारणले चार जिल्लाका सीडीओ परिवर्तन गर्नुपरेको जनाए । उनले भने, ‘यो सामान्य प्रक्रिया हो ।’सोलखुम्बुमा भूपेन्द्र खत्रीको ठाउँमा सूर्य खनाल, भोजपुरमा चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाल, रसुवामा हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपाने र नुवाकोटामा जगदीशराज बरालको स्थानमा वीरेन्द्रकुमार यादवलाई खटाइएको छ ।
https://welcometonepalipage.blogspot.com

No comments:
Post a Comment