२५ असोज, काठमाडौं । विश्वकप गुमाएसँगै नेदरल्याण्ड्सका कप्तान आर्जेन रोबिनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
युरोपियन छनोटको समूह ए अन्तरगत मंगलबार राति भएको खेलमा रोबिनको दुई
गोलको मदतमा डच टोलीले स्वीडेनमाथि २–० गोल अन्तरको जित निकालेको थियो ।
तर, प्लेअफका लागि यो पर्यास्त भएन । नेदरल्याण्ड्स र स्वीडेनको समान १९
अंक भयो । गोल अन्तरमा स्वीडेन दोस्रो स्थानमा रह्यो र प्ले अफका लागि
छनोट भयो ।
बार्यन म्युनिखका फवार्डले भने, ‘यो सहज निर्णय थिएन । तर, म ३३ वर्गाको भएँ र अब क्लबमा केन्द्रित हुन्छु ।’
रोबिनले २००३ को अप्रिलमा डेब्यू गरेका थिए । त्यसयता ९६ खेल खेलेका
उनले ३७ गोल गरेका छन् । नेदरल्याण्ड्सका सर्वाधिक गोलकर्तामा उनी चौथो
स्थानमा छन् ।

No comments:
Post a Comment