२३ असोज, भैरहवा । रुपन्देहीमा पूर्वी क्षेत्र रोहणी गाउँपालिकामा ठूलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा रुपन्देहीको ओमसतिया गाँउपालिका-६ का ३६ वर्षीय
गुलाबचन्द सहानी, रोहीणी गाँउपालिका-७ टिकरका ४१ वर्षीय राधेश्याम यादव,
जिल्ला कास्की पोखरा लेखनाथ नगरपालिका-३ का २८ वर्षीय अन्तिम गुरुङ र
जिल्ला तनहुँ व्यास नगरपािलका १ का २२ वर्षीय अन्जु गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरु रामनगरको सडक किनारमा शंकस्पद रुपमा उभिरहेको अवस्थामा
उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुले प्रयोग गरेको लु २८ प
१२६१ नं.को मोटरसाइकलको लेग गार्डमा प्लाष्टिकमा लुकाई राखेको लागुऔषध
डाईजेपाम, फेनर्गन र नुफिर्न ७५/७५ सीसी गरी २२५ एम्पुल लागुऔषध बरामद
गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवंम प्रवक्ता डिल्ली
नारायण पाण्डेले बताए ।
उनका अनुसार पक्राउ परेका अन्तिम गुरुङको साथबाट नगद १७ हजार रुपैयाँ तथा अन्जु गुरुङको साथबाट ३ हजार रुपैयाँ बरामद भएको छ ।
उनीहरुले आफूहरुले राधेश्याम यादव मार्फत लागुऔषध खरिद गरेको प्रराम्भिक
बयान दिएपछि प्रहरीले यादवलाई पनि नियन्त्रणमा लिएको बताएको छ ।
भारतबाट लागुऔषध खरिद गरी घरमा संचय गरी विक्री वितरण गर्ने यादवकोे
घरमा प्रहरीले खानतलासी गर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा थप
लागुऔषध डाईजेपाम, फेनरागन र नुफिर्न क्रमशः ६२५ सीसी गरी कुल एक हजार ८७५
थान एम्पुल बरामद भएको डीएसपी पाण्डेले बताए ।
यस्तै यादवको कोठाबाट टिनको बाकसमाथि प्लाष्टिकको टोकरीमा विभिन्न दरको
नोटहरु नेपाली १ लाख रुपैयाँ र यादवको शरीर खानतलासी गर्दा उनको साथबाट ३८
हजार रुपैयाँ बरामद भएको पाण्डेले बताए ।
शहरी भागमा प्रहरीको बिभिन्न दस्ताहरुको बढ्दो निगरानी र ग्रामीण
क्षेत्रहरुमा रहेको खुल्ला सीमाको फाईदा उठाउदै यस्तो कारोबार ग्रामीण
क्षेत्रमा बढ्दै गएको छ ।

No comments:
Post a Comment