Sunday, October 29, 2017

दोस्रो महिना पनि देश घाटामा, ५ अर्बले घाटा

१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)मा देश ५ अर्ब ८७ करोड रुपैयाँले घाटामा देखिएको छ ।
देशको आम्दानी (भित्रने रकम)को तुलनामा खर्च (बाहिरीने रकम) धेरै भएपछि घाटामा गएको हो । देश भित्रने रेमिट्यान्सको वृद्धिदर घटेपनि आय व्यय सन्तुलन बिग्रिएको हो ।

रेमिट्यान्स भित्रने दर गत वर्षको तुलनामा चालु आवको दोस्रो महिनामा ०.७ प्रतिशतले मात्र बढेर १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष भने रेमिट्यान्स भित्रने दरमा ६.६ प्रतिशतले वृद्धि भएको थियो । वैदेशीक रोजगारीमा जानेमध्ये पुनः श्रम स्वीकृती बाहेकको संख्या पनि घटेको छ । यो संख्यामा ७.२ प्रतिशतले कमि आएको हो । यो दुई महिनामा ६५ हजार १ सय ८७ जना रोजगारीको लागि विदेश गएका छन् ।
त्यस्तै, देशको व्यापार घाटा ११.८ प्रतिशतले बढेपछि आय व्ययको सन्तुलन बिग्रिएको हो । दुई महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । नेपालबाट भने ३ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड पुगेको छ । यो अवधिमा निर्यात र आयातको अनुपात ८.२ प्रतिशत रहेको छ ।
भदौमा मूल्य वृद्धिदर पनि केही बढेको छ । गत साउनमा यो दर २.३ प्रतिशत रहेकोमा भदौमा ३.४ प्रतिशत भएको हो ।
चिनी र मदिरामा धेरै मूल्य वृद्धि भएको हो । गैर खाद बस्तुको मूल्य वृद्धिदर भने ४.७ प्रतिशतमा सिमित छ । हाल हिमालमा सबैभन्दा धेरै मूल्य वृद्धि छ । सो क्षेत्रका जनताले ५.४ प्रतिशतको दरमा महंगी खेपिरहेका छन् ।

No comments:

Post a Comment