२७ असोज, विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास
मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच
निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् ।
उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत
लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी हुने
बताए ।
उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधिसभा र
प्रदेशसभाको निर्वाचन गराउन प्रतिवद्ध रहेको भन्दै ढुक्क रहन सबैलाई आग्रह
गरे ।
राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै
प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको उनको भनाइ
थियो ।

No comments:
Post a Comment