Thursday, November 23, 2017

७२ घण्टाका लागि रसुवागढी नाका बन्द, ‘राम्चे’ निषेधित क्षेत्र घोषणा

मंसिर ७, २०७४-मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि बिहीबार राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमानाका बन्द गर्नु पर्ने भएकाले बिहीबार राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

Click this link & coming new videos news

 after full video watching & sucribed & like & coments.
नाका बन्द सुरु भएपछि सवारी साधन तथा मानिसको आवतजावत पुरै रोकिने छ । सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिका र मतपत्रसहित पुगिसकेकाले निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बताए । उनले भने, 'म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी करिब १५ सय सुरक्षाकर्मीहरु परिचालित हुने छन् ।'
‘राम्चे’ निषेधित क्षेत्र घोषणा
जिल्लाको कालिका गाउँपालिका-१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको छ । 
राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको हुँदा सुरक्षालाई मध्यनजर राख्दै उक्त स्थानमा सभा जुलुस गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । जिल्ला सुरक्षा समिति बैठकले बिहीबार दिनको १२ देखि राति १० बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । 


Click this link & coming new videos news

 after full video watching & sucribed & like & coments.

No comments:

Post a Comment