Thursday, October 12, 2017

म्यादी प्रहरीमा मधेसी युवाको आकर्षण

२६ असोज, सिरहा । माथिको तस्वीर प्रदेश र संघीय संसदको चुनावका लागि सरकारले मागेको म्यादी प्रहरीमा आदेवन दिन सिरहाको लहानमा जम्मा भएका युवाहरुको भीड हो ।
म्यादी प्रहरीका लागि सरकारले ९८ हजार भर्ना खोलेको छ । त्यसका लागि सिरहाका युवाहरुमा निक्कै आकर्षण देखिएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यलय सिरहाअगाडि बिहानैदेखि युवाहरुको ठूलो भीड थियो । उनीहरु प्रचण्ड गर्मीका बाबजुद बेलुका ६ बजेसम्म पनि फारम दर्ता गराउन लाइनमा बसेका भेटिए ।
जिल्ला प्रहरी कार्यलय सिरहाले म्यादी प्रहरीमा आबेदन दिने युवा/युवतीको चाप थेग्न नसकेपछि चार ठाँउबाट फारम दर्ता गर्ने ब्यबस्था गरेको थियो ।
फारम दर्ता सुरु गरेको पहिलो दिन बुधबार मात्र जिल्ला प्रहरी कार्यलय सिरहाबाट ६९ महिला र ७६४ पुरुष गरी ८३३ जनाले फारम दर्ता गरेका छन् ।
बेरोजगार युवा/युबतीले आकर्षक तलब सबिधा भएकाले र थोरै समय भएपनि देशको सेवा गर्न पाइने भएकोले म्यादी प्रहरीमा जान चाहेको प्रतिक्रिया दिए । म्यादी प्रहरीका लागि सिरहाको लहान, मिर्चैया र गोल बजारबाट पनि फारम बितरण गर्ने व्यवस्था छ भने दर्ता जिल्ला प्रहरी कार्यलय सिरहाले मात्र लिएको छ ।
स्थानीय तहको निर्बाचनमा म्यादी प्रहरीका लागि सिरहामा ६ हजार युवाले आबेदन दिएका थिए । त्यसमा १ हजार ९३२ जना म्यादी प्रहरी स्थानीय तह निर्बाचन सुरक्षाका लागि छनोट भएका थिए ।

No comments:

Post a Comment