२६ असोज, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट
धानको भुस बोकेर पोखरा जाँदै गरेको ट्रकमा बिजुलीको लाइनले छुँदा करेन्ट
लागेर घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नंको ट्रकमा
बिजुलीको लाइनले छुँदा करेन्ट लागी घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३
का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु
भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अर्का घाइते बाँसगढी–३ कै अर्जुन थारुको उपचार भइरहेको
प्रहरीले जनाएको छ । भुस बोकेको ट्रकमा बुधबार करेन्ट लाग्दा दुईजना घाइते
भएका थिए । चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment