२७ असोज, काठमाडौं । वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी र
एमालेवीच पार्टी एकता भएको खण्डमा केपी ओलीको राष्ट्रवादी धार कमजोर हुने र
सिंगै एमाले ‘प्रो इण्डियन’ बन्ने भविश्यवाणी गरेका छन् ।
वाम एकताबारे अनलाइनखबरले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै
पूर्वमन्त्री मैनालीले भने– ‘मेरो विचारमा भारतको म्यान्डेट लिएर नै केपी
ओलीलाई कमजोर पार्नका लागि यो वाम एकता गर्न लागिएको हो । यो एकतापछि
पार्टीभित्र प्रचण्ड, बाबुराम र माधव नेपाल बलिया हुन्छन् र केपी ओलीको धार
कमजोर हुन्छ ।’
एकीकृत पार्टीभित्र प्रचण्ड, बाबुराम र माधव नेपाल पक्ष हावी भएपछि
एमाले अहिलेको राष्ट्रवादी धारबाट भारतपरस्त धारमा फेरिने मैनालीको
विश्लेषण छ ।
केपी ओलीलाई कमजोर बनाएर सिंगो पार्टीलाई ‘प्रो इण्डियन’ बनाएको खण्डमा भारतलाई ठूलो फाइदा हुने मैनालीले तर्क गरे ।
नेपाली कांग्रेस कमजोर हुँदै गइरहेकाले भारतले ओलीलाई घेराऊ गर्न र
कमजोर बनाउनका लागि बाबुराम–प्रचण्डलाई एमालेमा पठाउन लागेको मैनालीले दाबी
गरे ।
अहिलेको वाम एकता चीनले भनेर गर्न लागिएको नभई भारतको सल्लाहमा हुन
लागेको मैनालीको तर्क छ । उनले अनलाइनखरसँग भने– ‘चीनले भन्दैमा प्रचण्डले
मान्ने भए उनले केपी ओलीको सरकार ढालेर कांग्रेससँग गठबन्धन नै गर्ने
थिएनन्, प्रचण्ड चीनले भनेर मान्दैनन् । भारतले संकेत नगरी यो वाम एकताको
पहल भएको होइन ।’

No comments:
Post a Comment