नायक पल शाहले चलचित्र ‘अनुराग’का लागि १८ लाख रुपैयाँ डिमाण्ड गरेको
समाचार केही दिन अगाडि बाहिरिएको थियो । तर, अहिले पलले यो चलचित्र नखेल्ने
भएका छन् । पलको ठाउँमा नयाँ नायक फाइनल गरिसकिएको छ ।
आखिर, १८ लाख डिमाण्ड गरेको चलचित्र पलले किन छाडे ? सत्यराज चौलागाइको
निर्देशनमा बन्न लागेको यो लभ स्टोरी चलचित्रमा सुरुवातमा पत्रकार ऋषि धमला
पत्नी एलिजा गौतमले मोडल दीपक घिमिरेसँग रोमान्स गर्ने तय भएको थियो ।
तर, चलचित्र घोषणा भएको केहि दिनमै दीपक चलचित्रबाट निकालिएको घटना
बाहिरियो । यसको केहि दिनमै नायक पल शाहले १८ लाख रुपैयाँ लिएर चलचित्र
खेल्न लागेको चर्चा भयो ।
तर, अहिले यो चलचित्रमा पल शाह पनि नहुने भएका छन् । चलचित्रका लागि
नयाँ नायकलाई अनुवन्धित गरेर वर्कशपको काम चलिरहेको छ । पलले चलचित्रको
कथाको अन्तिम ड्राफ्ट मागेका थिए । तर, त्यो अगाडि नै पल र एलिजा रोमान्स
गर्न लागेको खबर बाहिरिएपछि पलले चलचित्र छाडेको वुझिएको छ । चलचित्रका
निर्देशक सत्यराज चौलागाइले भने-‘पलले अभिनय गर्न लागेको चलचित्र ‘शत्रु
गते’ र यो चलचित्रको छायांकन समय जुधेकाले काम गर्न नसकिएको हो ।’
तर, जे भएपनि पलले ‘म यस्तो गीत गाउँछु’ हिट भएर ‘जोनी जेन्टलम्यान’
असफल हुँदा पनि आफ्नो पारिश्रमिक निकै बढाएको प्रष्ट छ । अब, हेरौ पलले
नयाँ चलचित्रका लागि कति डिमाण्ड गर्ने हुन् ?

No comments:
Post a Comment