२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् ।
नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् ।
माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न
नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने
घोषणा गरेका हुन् ।
हिजोको क्रान्ति केका लागि थियो भन्ने जनताको प्रश्नको जवाफ पार्टीमै
रहिरहेर दिन सक्ने अवस्था नभएको भन्दै उनले आफू सर्वसाधारण नागरिक भएर
बस्ने घोषणा गरेको बताए ।
अनलाइनखबरसँग कुरा गर्दै नेता विष्टले अध्यक्ष प्रचण्डलाई संकेत गर्दै आजीवन कुर्चिमा बस्नु सह्य नभएको समेत बताए ।
उनले पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको
फोहोरी खेलले जनतामा बितृष्ण जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता
हराएको लगाएकोे आफू पार्टीमा बस्न नसकेको बताए ।
पार्टी परित्याग गरेका नेता विष्टले पहिलो कारण पार्टी पद्धती भएको
बताएका छन् । उनले पार्टीभित्र सधैभरी कुर्चिमा बसिरहनुपर्ने बनाउने भन्दा
पनि भत्काउनेमा जोड दिइएको आरोप लगाएका छन् ।
यस्तै पछिल्लो समय एमाले माओवादी लगायतका दलहरुबीच भएको गठबन्धनलाई
आफ्नो पार्टी परितयागको सहायक कारण भएको विष्टले बताए । ‘क एमाले र ख एमाले
(माओवादी)बीच गठबन्धन हुनु नयाँ कुरा होइन’ उनले भने,’त्यो मुख्य कारण
होइन, सहायक हो ।’

No comments:
Post a Comment