Monday, October 9, 2017
२१ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसामू पार्टी एकता गर्ने प्रस्ताव आफ्नो भएको बताएका छन् । साथै उनले एमाले र माओवादी एकताले अधिनायकवाद नजन्मने भन्दै भ्रम नपाल्न आग्रह गरेका छन् ।
शनिबार राजधानीमा आयोजित प्रशिक्षणमा प्रचण्डले पार्टी एकताले कसैले कसैलाई निल्ने विषय नभएको बताए ।
‘हाम्रा आ-आˆनै मान्यता र दृष्टिकोण छन्, त्यसमा अडिएर एकता हुँदैन’ उनले, हाम्रै प्रस्तावमा एकता प्रक्रिया आरम्भ भएको हो । यो फस्ने, फसाउने विषय होइन, हामी इमान्दार भएर अन्तिमसम्म एकताकै प्रक्रियामा जान्छौं ।’
वैचारिक, राजनीतिक मुद्धा र कार्यदिशामा एकरुपता कायम गरेर नयाँ पार्टी बनाउने उनले बताए ।
प्रचण्डले एमाले र माओवादीको चुनावी समीकरण र पार्टी एकता प्रयास कसैका विरुद्ध नभएको बताए । उनले भने, हाम्रो एकताले देशमा तत्कालै साम्यवादी शासन आउने होइन, अधिनायकवाद जन्मने पनि होइन । यसबारे कसैले भ्रम पाल्न जरुरी छैन ।’
संविधानले समाजवादउन्मूख राज्यको दिशानिर्देश गरेको भन्दै उनले हामी शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धाकै माध्यमबाट समाजवादमा जाने बताए ।
२०७४ असोज २१ गते १८:०७ मा प्रकाशित (२०७४ असोज २२ गते ७:२९मा अद्यावधिक गरिएको)
Subscribe to:
Post Comments (Atom)
-
२७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ । बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन...
-
मंसिर ५, २०७४-बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७०...

No comments:
Post a Comment