.
आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।
फोरम नेपाल र राजपाको संयुक्त गठबन्धनबाट यादवलाई टिकट परेपनि उनीबिरुद्व बागी उम्मेदवारी परेको छ । राजपाका सह महामन्त्री जयप्रकाश ठाकुरले नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यादव मात्र होइन, मधेसी गठबन्धनबाट उम्मेदबार बनेका प्रायः हरेकविरुद्ध बागी उम्म्ेदवारी परेको छ ।
मधेसी गठबन्धनले आफ्नो उम्मेदवारको सूची बाहिर निकालेकै दिन राजपाका सह महामन्त्री ठाकुरले तथा राजपाकै क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले स्वतन्त्र उम्मेदवारी दिने बताइसकेका थिए ।
यद्यपि मधेसी गठबन्धनका नेताहरुले यसलाई आक्रोश बुझे । र, उम्मेदबारी दर्ता नगर्ला भन्ने सोचेका थिए । तर, मधेसी गठबन्धनका हरेक उम्मेदवारविरुद्ध गठबन्धनमा आवद्ध दलबाटै बागी परेको छ ।
अधिकांश बागी फोरम नेपाल
राजपाबाट ठाकुरले स्वतन्त्र उम्मेदवारी दिने पहिला नै तय थियो । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदबारी दिने जनाएका थिए ।
तर, राजपा नेता ठाकुरले आफ्नो पार्टी अध्यक्षविरुद्ध उम्मेदवारी दिए लगत्तै फोरम नेपालले जताततै आफ्ना उम्मेदवार उभ्याएको छ । सप्तरी ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका मृगेन्द्रकुमार सिंह यादवबिरुद्व फोरम नेपालले उनकै भाइ अनिरुद्वकुमार सिंह यादवलाई उभ्यायो ।
जबकी उपेन्द्र यादवसँग उम्मेदबारी दर्ता गराउन जाँदा मृगेन्द्र, अनिरुद्वसहितका नेताहरुसँगै दर्ता स्थल औद्योगिक क्षेत्र पुगेका थिए । त्यस समयसम्म उनले उम्मेदवारी दिने कसैले सुइँको समेत पाएका थिएनन् ।
प्रदेशसभामा चुनाव लडेका राजपाका महासचिव मनिष सुमनबिरुद्व आफ्नै नेता लक्ष्मण यादवले बागी उम्मेदबारी दिएका छन् ।
तर फोरम नेपालले सुमनको क्षेत्रमा आफ्नो पनि बागी उम्मेदबार खडा गर्यो भीमराज यादवलाई । राजविराज नगरपालिकाको मेयर पदमा पराजित भएका यादव राजपाबाटै फोरममा आएका हुन् । उनले उम्मेदबारी दिने कुनै चर्चा समेत थिएन् । तर उनले एक्कासी प्रदेश सभा २ को २ बाट उम्मेदबारी दिए ।
फोरम नेपालले गठबन्धनबाट उम्मेदबार बनेका राजपाका नेतालाई यतिमा मात्रै घेराउ गरेका छैनन् । गठबन्धनबाट प्रदेश सभा १ को २ बाट उम्मेदबारी दिएका राजपाका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ बिरुद्व पनि आफ्ना प्रदेश सचिव शम्भु झालाई बागी उम्मेदवार बनाएको छ ।
फोरम नेपालको बागी उम्मेदवारी अर्काे पनि छ, जहाँ गठबन्धनबाट राजपाकै उम्मेदबार छन् । क्षेत्र नम्बर ३ को २ मा राजपाबाट उम्मेदबारी दिएका बिन्देश्वर यादवबिरुद्ध फोरम नेपालले बागी उभ्याएको छ । यादवबिरुद्ध फोरम नेपालले सप्तरी सचिव उपेन्द्र यादवलाई बागी उम्मेदबार बनाएको छ ।
नेताहरुका अनुसार उपेन्द्र यादवबिरुद्व राजपाका सह महामन्त्री ठाकुरले बागी उम्मेदबारी दिएकै कारण फोरम नेपालले चारैतिर बागी उम्मेदबार बनाएको छ ।
ठाकुरले उम्मेदबारी फिर्ता दिए फोरम नेपालका पनि सबैले उम्मेदबारी फिर्ता लिने तयारी रहेको श्रोतको भनाइ छ ।
No comments:
Post a Comment